• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशमा महिला ह्याण्डबल प्रतियोगिता

  •      /६ असार २०७५, बुधबार १४:२८ ,  प्रकाशीत
  • पोखरा, ६ असार \ अन्तर्राष्ट्रिय ओलोम्पिक दिवश मनाउने क्रममा पोखरामा महिला स्तरिय ह्याण्डबल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगितामा लेट्स प्ले ह्याण्डबल क्लब पोखरा बिजयी भएको छ ।

    प्रतियोगितामा लेट्स प्ले ह्याण्डबल क्लबले बाटुलेचौर स्थित पोखरा एकेडेमीलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा बिजयी टिमले नगद ३ हजार र उपबिजेताले नगद २ हजार प्राप्त गरेको छ ।

    बिजयी टिमका लागि शिला रेग्मी, आकृती गुरुङ, ममता लामा, सबिता बास्तोला र प्रमिला बानियाले एक एक गोल गरे भने उपबिजेता टिमका तर्फ बाट दिप्ती गुरुङ, निश्मा बस्नेत, निकिता थापा र अर्चना बस्नेतले गोल गरे ।

    प्रतियोगितामा पोखरा १६ स्थित अर्मला माबी अनुशासित टिम घोषित भयो भने लेट्स प्ले ह्याण्डबल क्लबकी शिला रेग्मी प्रतियोगिताभर १४ गोल गर्दै सर्बाधिक गोलकर्ता घोषित भइन । प्रतियोगितामा पोखरा एकेडेमीकी दिप्ती गुरुङ उत्कृष्ट खेलाडी भइन ।

    बिजयी टिम र खेलाडीलाई प्रदेश नं ४ की सांसद मिना गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, पोलेमनपा १५ का अध्यक्ष प्रकाश पौडेल, कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष क्या. जग बहादुर गुरुङ,  र  दिननाथ बरालले मेडल, ट्रफी, प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।

    समापन कार्यक्रम प्रतियोगिताकी संयोजक पुष्पा श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो । आगामी आइएचएफ ट्रफीलाई लक्षित गर्दै १९ वर्ष मुनिका खेलाडीका बिच प्रतियोगिता आयोजना गरिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.