पर्वत / कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन ।दुर्लुङ्गबाट कुस्माबजार तर्फ आउँदै गरेको ग १ ज ६०६५ नम्बरको जिप ब्रेक फेल भइ दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङ्गका बासिन्दा रहेका छन । घाइते हुनेहरुमा कुस्मा – ३ दुर्लुङ्गका ७४ बर्षिय पुर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचा पछि थप उपचारका लागि पोखरा पठाइएको छ . जीपका चालक तथा मालिक ४६ बर्षिय डिलवहादुर गुरुङको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनामा परि घाइते भएका सोही ठाउँका २५ बर्षिय समिर पोख्रेल, २१ बर्षिया एलिसा सुनार, सोभाकान्त शर्मा, २५ बर्षिया कल्पना परियार, २२ बर्षिया अन्जु परियार, कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ बस्ने २५ बर्षिया एलिजा बि.क, र कुस्मा नगरपालिका– ३ का ४० बर्षिया सुधा गुरुङ्गलाई पर्वत जिल्ला अस्पतालमा उपचार पछि डिस्र्चाज भएको प्रहरीले जनाएको छ ।

Related