• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्वकपमा स्पेनको संघर्षपूर्ण जीत, आयोजक रुस नकआउट चरणमा

  •      /७ असार २०७५, बिहीबार ०३:३२ ,  प्रकाशीत
  • लुइस सुवारेजको एक गोलको मद्दतमा उरुग्वे विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ । उरुग्वे र साउदी अरेबियाबीच भएको खेल सकिने बितिक्कै समूह ए बाट नकआउट चरण प्रवेश गर्ने दुवै टीमको टुंगो लागेको छ ।

    उक्त समूहबाट आयोजक रुस र उरुग्वे नकआउट चरण प्रवेश गरेका हुन् । बुधबार राति भएको खेलमा रुसले इजिप्टलाई पराजित गरेको भएपनि उसको नकआउट चरण प्रवेश गर्ने निर्धारण बुधबारको उरुग्वे र साउदी अरेबियाबीचको खेलमा भर परेको थियो ।

    बुधबार भएको दोस्रो खेलमा उरुग्वेका लुइस सुवारेजले २३ औँ मिनेटमा गोल गरे। साउदी अरबको तर्फबाट भने एक गोल पनि भएन। साउदी अरेबियाले यो विश्वकपमा अहिलेसम्म दुई खेल खेलेको छ र एक गोल पनि गर्न सकेको छैन। उसले पहिलो खेलमा आयोजक रुसबाट पाँच गोल खाएको थियो। लुइस सुवारेजले कार्लोस सान्चेजले दिएको कर्नरमा गोल गरेका थिए। उरुग्वेका लागि सुवारेजको १००औँ खेलमा ५२ औँ गोल हो ।

    यसैबिच स्पेनले पहिलो जीत हासिल गरेको छ । स्पेनले बुधबारको तेस्रो खेलमा इरानलाई संघर्षपूर्ण खेलमा पराजित गरेको हो । स्पेनले १–० को नतिजासहित इरानलाई पराजित गरेको हो। स्पेनलाई जीत दिलाउन डिएगो कोस्टाले ५४औँ मिनेटमा गोल गरेका थिए। उनको यो गोल नै खेलको निर्णायक गोल बन्यो ।

    उनी खेलको म्यान अफ द म्याच बनेका थिए। यो जीतसँगै स्पेनले नकआउट चरणको सम्भावना कायमै राखेको छ। स्पेनले विश्वकप २०१८ को पहिलो खेलमा पोर्चुगलसँग ३(३ को बराबरी खेलेको थियो । इरानले भने पहिलो खेलमा मोरक्कोलाई पराजित गरेको थियो। स्पेन जीतसँगै समूह बी को शीर्ष स्थानमा उक्लिएको छ ।

    समान अंक भएको पोर्चुगल भने दोस्रो नम्बरमा रहेको छ। एक खेल जितेको इरान तेस्रो नम्बरमा रहेको छ भने दुवै खेल गुमाएको मोरक्को अंकबिहीन रहँदै समूहको पुछारमा रहेको छ। स्पेनले समूहको अन्तिम खेल असार ११ गते मोरक्कोसँग खेल्नेछ भने पोर्चुगलले सोही दिन इरानसँग खेल्ने खेलतालिका रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.