सात बर्ष भित्रै चिनीया रेल काठमाण्डौं ल्याउने सम्झौता
/७ असार २०७५, बिहीबार १२:५७ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा। बिहीवार भएको ‘ट्रान्स हिमालय’ रेलमार्ग निर्माण सम्बन्धी सम्झौतापछि चिनियाँ रेल नेपाल आउने बाटो खुलेको छ।
नेपाल चीनले अगाडि सारेको बेल्ट एण्ड रोड परियोजना ९बीआरआई०मा सहभागि भएसँगै केरुङ हुँदै चिनियाँ रेल काठमाडौँ सम्म आएको सपना नेपालीले देख्दै आएका छन्।
रेलमार्ग निर्माण सम्बन्धी सम्झौता भएसँगै अब ७ वर्षभित्र चिनियाँ रेल काठमाडौँ आउन सक्ने छ। बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेट गरेपछि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सात वर्षभित्र चिनियाँ रेल नेपाल आइपुग्ने बताएका थिए।
चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म तीब्र गतिको रेल ल्याएको छ। सो रेललाई चीनले नेपालको सीमाना केरुङसम्म ल्याउनका लागि निर्माण कार्य गरिरहेको छ।
चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा काठमाडौँमा छिट्टै रेल पुग्ने बताएका थिए। उनले त्यसका लागि सम्बन्धि निकायलाई निर्देशन दिएको समेत जानकारी गराएका थिए।
केरुङ काठमाडौँ रेलमार्गको पूर्व संभाव्यता अध्ययन कार्य भइरहेको छ। यो कार्य दुई महिना भित्र सक्ने गरी काम अगाडि बढिरहेको छ।
शुभेच्छा न्यूज
पोखरा। बिहीवार भएको ‘ट्रान्स हिमालय’ रेलमार्ग निर्माण सम्बन्धी सम्झौतापछि चिनियाँ रेल नेपाल आउने बाटो खुलेको छ।

Related