• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विश्वकप जित्ने आशगरेको अर्जेन्टिना क्रोएसियासँग ३-० ले पराजित

  •      /८ असार २०७५, शुक्रबार ०३:२२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा। दुई पटकको विश्व विजेता अर्जेन्टिना रसिया विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा क्रोएसियासँग ३-० ले पराजित भएको छ। समूह सी को पहिलो खेलमा आइसल्याण्ड्सँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा पराजित भएपछि दोस्रो चरण प्रवेश गर्ने सम्भावना समेत कठिन बन्दै गएको छ।

    उता लगातार दुई खेल जित्दै क्रोएसियाले भने अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। विश्व फुटबलका सुपर स्टार लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले पहिलो हाफमा क्रोएसियाको पोष्टमा कुनै सट प्रहार गर्न सकेन।

    पहिलो हाफमा गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा क्रोएसियाले ३ गोल गर्‍यो। गोलिकपर विलि कावालेरोको आफ्नै गल्तीमा गोल खाएपछि पछि परेको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा क्रोएसियाका कप्तान लुका मोडरिचले गोल गरे भने इभान राटिकटिचले तेस्रो गोल गरे।

    ५३औँ मिनेटमा कावालेरोले गल्तीमा एन्टे रेविकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा मोडरिचले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे।क्रोएसियाका लागि राकिटिकले इन्जुरी टाइममा तेस्रो गोल थप्दै शानदार जित दिलाए।

    अर्जेन्टिनाले सन् १९७४ यता पहिलो पटक समूह चरणको सुरुको २ खेल जित्न सकेन। अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले अफ्रिकन राष्ट्र नाइजेरियासँग खेल्नेछ र अन्तिम १६ मा स्थान बनाउन अर्जेन्टिनाले उक्त खेल जित्नैपर्नेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.