• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालमा पहिलो पटक खेलाडीको स्वास्थ्य तथा जीवन विमा सुरु

  •      /९ असार २०७५, शनिबार ०६:२८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा, असार ९ । नेपालमा नै पहिलो पटक खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो ।

    भलिबल र क्रिकेटका राष्ट्रिय खेलाडी द्वय मञ्जु गुरुङ र करण केसीलाई एक कार्यक्रमका विच पोलेसी हस्तान्तरण गर्दै पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरुवात गरिएको छ । विमा अन्र्तगत खेलाडीलाई स्वास्थ्य विमा वापत २५ हजार र दुर्घटना विमा वापत २ लाखको प्रिमियम वापतको रकम क्षेत्रिय खेलकुदले प्रदान गर्नेछ ।

    पहिलो चरणमा क्षेत्रिय खेलकुदले यस क्षेत्रका ९ खेलका ४२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बिमा गरिने भएको हो । प्रुडेन्सियल इन्सोरेन्स कम्पनीको सहयोगमा सबै खेलाडीको बिमा गरिने भएको हो ।

    खेलाडीको स्वास्थ्य र जिवन विमाको शुभारम्भ गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले खेलाडीको बिमाका बारे धेरै पटक आवाज उठे पनि त्यो पुरा हुन नसकेको बताए । अध्यक्ष पौडेलले पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले सानो रुपमा सुरु गरे पनि यसलाई जिल्ला तह सम्म योजनागत ढङ्गले अगाडी बढाउने उद्घोष समेत गरे ।

    अध्यक्ष पौडेलले राष्ट्रका लागि पदक ल्याउने खेलाडीहरु पटक–पटक घाइते हुँदा परिवार गुर्हानु पने समस्यालाई इंगित गर्दै भने –“अब खेल मैदानका लागि चौर सम्माउने काम मात्रै होइन खेलाडीका समस्याहरु लाई प्राथमिकताका साथ हल गरिनु पर्छ ।” पूर्वाधार बिकास संगै खेलाडीको जिवनवृतीका सवाललाई पनि उत्तिकै ध्यान दिनु पर्ने कुरामा उनले जोड दिए ।

    सो अबसरमा यूबा तथा खेलकुद मन्त्रालयका उपसचिब जर्नादन रिजालले आगामी आर्थिक वर्ष बाट मन्त्रालयले खेलाडी बिमा र जिवनवृतीका कुरा लागु गर्ने जानकारी दिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका डिबी नेपालीले समेत बोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.