• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिग एफएमको स्टेशन म्यानेजरमा अधिकारी

  •      /९ असार २०७५, शनिबार ०८:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा, ९ असार । पोखरामा रहेको बिग एफएम १०१.२ को स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी नियुक्त भएका छन् ।सात बर्षदेखि रिक्त रहेको पदमा पोखरा ब्रोडकास्टिङ मिडिया प्रालिले अधिकारीलाई नियुक्त गरेको हो ।

    स्टेशन म्यानेजरको जिम्मेवारी पाएका अधिकारी विगत १० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । २०७० देखि एफएमकै समाचार विभागमा कार्यरत अधिकारीसँग आदर्श समाज दैनिक, रेडियो अन्नपूर्ण, एभिन्यूज टेलिभिजन, गोलनेपाल डटकम, गण्डकन्युज डटकम लगायतका संघसंस्थामा गरी लामो समय कार्य अनुभव छ । अधिकारी अनलाइन मिडिया र प्रविधिमा बिशेष चासो राख्छन्।

    अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव, धादिङ पोखरा जर्नालिस्ट सोसाइटीका अध्यक्ष पनि हुन् । उनले पोखरा जेसीज, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपाल लगायतका सामाजिक संघसंस्थामा मिडिया को–अर्डिनेटरका रुपमा काम गरिसकेका छन् । उनी यातायात पत्रकारिता पुरस्कार २०७३, पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत भईसकेका छन् ।

    एफएमका अध्यक्ष महेश भण्डारीले युवामाझ लोकिप्रिय रेडियोको नेतृत्व युवालाई नै सुम्पिएको बताए । ‘पाँच वर्षदेखि निकट रहेर कामको मूल्यांकन गरेको छु । एफएमले कुशल नेतृत्व पाएको छ । सानै उमेरमा लामो अनुभव छ’ भण्डारीले भने – ‘झण्डै सात वर्षसम्म विभागीय प्रमुखबाट कार्यसम्पादन भएको अवस्थामा पहिलोपटक स्टेशन म्यानेजर नियुक्त गरेको हुँ । एफएम झनै लोकिप्रय बन्नेमा विश्वस्त छु ।’

    स्टेशन म्यानेजर अधिकारीले पोखराकै अग्रणी र स्थापित रेडियोमा यति ठूलो जिम्मेवारी पाउनु ठूलो अवसर भएको बताए । उनले पोखरामा तीन दर्जन रेडियोको भिडमा एफएमलाई अरुलाई भन्दा अगाडि राखिरहन आफूले सक्दो मेहनत गर्ने उल्लेख गरे । ‘रेडियो युवामाझ लोकप्रिय छ । न्युज सँगै इभेन्ट, प्रोग्राम फोकस् गरेर समयानुकुल अघि बढ्नेछु’ – अधिकारीले भने– ‘केहि समयमै श्रोताले फरक महसुस गर्न पाउनेछन् । अनलाइन र सामाजिक सञ्जालमा समेत ध्यान दिइनेछ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.