बागलुङमा पहिरोले घरबगाउँदा एकै परिवारका तीनको मृत्यु
/१२ असार २०७५, मंगलवार ०४:२० , प्रकाशीत
बागलुङः गतरातति परेको भीषण वर्षापछि गएको पहिरोले घर बगाउँदा बागलुङकोधुल्लुबाँस्कोटमा एकै घरका तीनजनाको मृत्यु भएको छ।
बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरमै सुतिरहेको बेलामा एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो। पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएकोछ।

तस्बिर सामाजिक सन्जालबाट
Related