पर्वत /मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक आठ घण्टा पर्वत खण्ड बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा सोमबार बार बसेको सर्वपक्षिय बैठकले अप्ठेरो भिरमा कटान गर्नका लागि असार १५ देखि दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो ।
लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिर र दोबिल्ला देखि चुवा सम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय भएको छ ।
पर्वतको सडक खण्डमा बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म सडक बन्द हुनेछ भने दिउँसो १ बजे देखि ४ बजे सम्म पनि सडक बन्द हुने भएको छ । साँझ ५ बजे देखि राती ८ बजे सम्म पनि सडक बन्द हुने भएको छ ।
बर्षा याममा यात्रुको चाप पनि कम हुने र सवारी साधन पातलो चल्ने कारणले आठ घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय भएको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए । आयोजना संग ३६ महिनामा निर्माण काम सक्ने गरि सम्झौता भएपनि २६ महिनामा काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य गर्न लागिएको सर्वदलीय बैठकमा उनले दाबी गरे ।
‘हामीले सम्झौता भन्दा १० महिना अगाबै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम तीब्र बनाउने योजना बनाएका छौ’ उनले भने ‘कठिन भीरहरुमा कटानका लागि केही समय सडक बन्द नै गरेर निर्माण गर्नुपर्ने आवश्यकता छ’ ।
आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । अहिले सम्म १२ प्रतिशत काम सकिएको ब्यबस्थापक भुसालले जानकारी दिए ।
सर्वदलीय बैठकमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर बिश्वकर्मा पौडेलले सर्वसाधरण यात्रु र यातयात ब्यबसायीलाई पनि मर्का नपर्ने र राष्ट्रिय गौरबको आयोजनाको निर्माण कार्यलाई पनि सघाउ पु¥याउने गरि बन्दलाई ब्यबस्थापन गर्न जरुरी भएको बताए ।

Related