• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको तेस्रो नगरपरिषदद्धारा ‘लेखनाथ ’ हटाउने प्रस्ताव सर्वसम्मत पारित

  •      /१२ असार २०७५, मंगलवार ११:४५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाउने प्रस्ताव सर्वसम्मत पारित भएको छ । मंगलबारको पोखरा लेखनाथ महानगरपालिकाको तेश्रो नगर सभाले लेखनाथ हटाउने प्रस्ताव सर्वसम्मत पारित गदै सकिएको छ ।

    पारित प्रस्तावलाई अव कार्यपालिका बैठकले प्रदेश नम्वर चार सरकारलाई लेखनाथ हटाउन सिफारिस गर्ने छ । प्रदेशले संघीय सरकारलाई सिफारिस गर्ने र मन्त्रीपरिषदबाट पास भएपछि राजपत्रमा प्रकाशित भएपछि नाम परिवर्तन हुने छ ।

    सोमबार एमालेका सचेतक तथा पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए भने उनको प्रस्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए। लेखनाथ हटाउने प्रस्तावमाथि मंगलबार नगरसभामा ब्यापक छलफल भएको थियो । छलफलमा ४० जना नगर सभाषद्ले लेखनाथ हटाउने प्रस्तावका बारेमा आआफनो विचार राखेका थिए।

    राज्य पुर्नसंरचना आयोगले पोखरा उपमहानगर र लेखनाथ नगरपालिकालाई मिलाएर पोखरा लेखनाथ महानगरपालिका बनाउन सिफारिस गरेको थियो। पछि कास्कीका दलहरुले आयोगको सिफारिस अनुसारकै नामलाइ अगाडि बढाएका थिए।

    महानगरपालिकाको नाम लामो भएको र छोटो, छरितो बनाउनका लागि जनस्तरबाटै आवाज उठेपछि महानगरको नाम छोट्टाइएको हो। साविकको लेखनाथ नगरपालिकामा पर्ने २६ देखि ३३ सम्मका वडाध्यक्ष समेतले नाम परिवर्तनगरी पोखरामात्रै राख्न सहमती जनाएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.