बागलुङ छिस्तीमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाईते
/१२ असार २०७५, मंगलवार १५:१९ , प्रकाशीत
बागलुङ। जैमिनी नगरपालिका ८ छिस्तीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । साविकको छिस्ती गाविसको वडा नं ९ केवइ खाल्टामा आइतबार राति पौने सात बजे परेको चट्याङका कारण स्थानिय बासी अन्दाजी ४८ बर्षका चिस बहादुर नेपालीको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय वेलवगरले जानकारी दिएको छ ।
चट्याङ लागेर गम्भिर घाइते चिस बहादुरकी श्रीमती चन्द्रकला नेपालीलाइ उपचारको लागी पाल्पा लगिएको जनकल्याण माध्यमिक बिद्यालयका व्यवस्थापन समितीका अध्यक्ष तथा समाजसेवी नुर बहादुर पुनले जानकारी दिए । उनले घाइतेलाइ आफ्नै गाडीमा राखेर मिसन अस्पताल पाल्पा पुराएको उपचार पश्चात होस खुलेको बताए ।
चन्द्रकला ७ महिनाको गर्भवती रहेको र बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । नेपालीको परिवारमा ५ सन्तानमध्ये २ जना घरबाहिर रहेका र ३ जना घरमै रहेका थिए

Related