तनहुँको बरादीमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा ४ को मृत्यु
/१२ असार २०७५, मंगलवार १५:४५ , प्रकाशीत
दमौली ।पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादीमा बसले कार र मोटर साइकललाई ठक्कर दिदाँ चार जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सन्तोष रोक्काले दिएको जानकारी अनुसार आँबुखैरनीबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ३०७३ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको बा १७ च १८१४ नम्बरको कार र मोटरसाइकललाई ठक्कर दिदाँ ४ जनाको ज्यान गएको हो । प्रहरी निरिक्षक रोक्का अनुसार कारमा यात्रारत पर्वतका २५ बर्षिय कमल लामिछाने र उनकी २ बर्षिय छोरी ममता लामिछाने रहेका छन् ।
त्यसैगरी बसको ठक्करबाट मोटरसाइकलमा यात्रारता आँबुखैरेनी गाउँपालिका वडा नं ४ का नुन बहादुर खवास र दिलबहादुर मगरको समेत मृत्यु भएको छ । त्यस्तै सो र्दुघटनामा परी अन्य ५ जना घाइते भएका छन् ।घाइेत मध्ये २ जनाको स्थानीय अस्पताल र अन्यका पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
तीब्र गतिमा आएको बसले अनियन्त्रित भई कार र मोटरसाइकललाई ठक्कर दिएका थियो ।त्यसक्रममा बस राजमार्गमा नै पल्टिएको थियो ।क्रेन मगाएर बस राजमार्गबाट उठाइएको प्रहरी निरिक्षक रोक्काले बताए ।
यता दुर्घटनाको जानकारी पाए लगत्तै प्रहरी परिचालन गरी घाइतेहरुको उद्धार गरिएको तनहुँका प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए । यस घटनाका विषयमा थप अनुसन्धान भई रहेको समेत मल्लले बताए ।

setimadi daily
Related