प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य , नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व उपाध्यक्ष श्याम कुवँरलाई लाई पितृशाेक परेको छ ।उनका बुबा पदम बहादुर कुवँरकाे ९१ वर्षको उमेरमा असार १२ गते आफ्नै निवास साबिक अर्गेली गा बी स – ७ हाल तानसेन नगरपालीका १४ अाफ्नै निवासमा निधन भएको हो ।
स्वर्गीय पदम बहादुरकाे जन्म अर्गेली गा बी स ७ पाल्पामा १९८४ सालमा भएको हो । स्वर्गीय पदम बहादुर गाउँपंचायत देखी २०५४ सम्म निरन्तर निर्वाचीत वडा अध्यक्ष थिए ।
सामाजिक क्षेत्रमा बिकास निर्माण, शिक्षा खानेपानी,सिंचाईमा अतुलनिय याेगदान थियाे ।केही समय देखी बिरामी उनको उपचार हुँदै आएको थियो ।स्वर्गीय स्वर्गीय पदम बहादुरकाे मंगलबार काली गण्डकीमा अन्त्येष्टि भएको परिवारजनले जनाएको छ । उनका श्याम सहीत ४ भाइ छोरा र १ छोरी छन।
Related