सरकालाई घुडाटेकाउने भन्दै अनसन बस्न जुम्ला पुगेका गोबिन्द केसीलाई स्थानीय प्रशासनले रोकलगायो
तपाईको प्रतिक्रिया





जुम्ला – डाक्टर गोविन्द केसीलाई जुम्लामा अनसन बस्न प्रतिबन्ध लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय जुम्लाले विज्ञप्ति निकालेर प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई सय मिटर वरपर कुनै पनि प्रकारको अनसन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न रोक लगाएको छ ।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै डा. केसी अनसनका लागि शुक्रबार राति जुम्ला सदरमुकाम पुग्नु भएको छ ।
डाक्टर केसी अनसन बस्नुभन्दा पहिले नै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर निषेधित क्षेत्र तोकेको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको हस्ताक्षर भएको विज्ञप्तिमा जुम्लामा रहेको ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल’ तथा प्रशासन कार्यालय वरिपरि प्रदर्शन गर्न रोक लगाइएको सूचना जारी गरिएको छ ।
Related