अमेरिकामा निस्कियो नेपाली लायन्सको ¥याली, परेडमै बाँडियो नेपाल भ्रमणको निम्तो
तपाईको प्रतिक्रिया





नरहरि पौड्याल
पोखरा । लायन्स क्लव इन्टरनेशनलको १०१ औं महाधिवेशन अमेरिकाको लसभेगसमा सुरु भएको छ । आगामी कार्यकालको नेतृत्व चयनको लागि २ सय १० वटा मुलुकका लायन लिडरहरु महाधिबेशनमा सहभागी भएका हुन् । महाधिवेशनले आगामी बर्ष २०१८ ÷०१९ कालागि नयाँ नेतृत्व चयन गर्ने छ ।
महाधिबेशनले एक बर्षे कार्यकालको लागि आइसलेण्डका नागरिक गुजरोन बिजर्ट याङभाबाडोटर लाई सर्व सम्वत निर्र्वािचत गर्नेछ । अमेरिकाको सिकागोमा सम्पनन १०० औ महाधिवेशनले उनलाई प्रथम अन्तराष्ट्रिय भाइस प्रेसिडेन्टमा निर्वा्चित गरेको थियो । उनी लायन बर्ष २०१८ ÷०१९ को लागि लायन्स अन्तराष्ट्रियको सर्वसम्वत प्रेसिडेन्टका उमेदवार हुन् ।
याङभाबाडोटर सन १९९२ देखि लायन्स क्लवमा आवद्ध भई क्लवको भाईसप्रेसिडेन्ट, प्रेसिडेन्ट,जोन चियर पर्सन, डिष्ट्रिक गभर्नर, डिष्ट्रिक चियरपर्सन, मल्टिपल काउन्सील चियर पर्सन,जिएमटी एरिया लिडर हुदै अन्तराष्ट्रि प्रेसिडेन्ट हुने सौभाग्य पाएका हुन् ।
उनी नेपाली लायनवादका सुभचिन्तक समेत हुन । ३ बर्ष अगाडि नेपाली लायन्सबादको इतिहासमै पहिलो पटक इन्जिनियर संजय खेतान अन्तराष्ट्रिय डाइरेक्टर पदमा निर्वीरोध निर्वा्चित भएका थिए । उनले अहिले लायन्स अन्तराष्ट्रियले सुम्पिएको जिम्मेवारी निर्वाहगर्दै नेपालको गौरव बढाएका छन् ।
अमेरिकाको लसभेगसमा जुन ३० देखि जुलाई ४ सम्म संचालन हुने महाधिवेशनमा भाग लिनको लागि नेपालाबाट २ सय लायनहरुको सहभागिता रहेको डिष्ट्रिक डिपार्टमेन्ट चिफ मोहनबाबु खड्काले जानकारी दिए ।
नेपालबाट निर्वाचन र सफथग्रहण कार्यक्रममा भाग लिनकालागि ४ वटा डिष्ट्रिकका डिष्ट्रिक गभर्नरहरु र ठूलो संख्यमा लायन्सको बिभिन्न पदमा आयद्ध लायन लिडरहरु कार्यक्रममा सहभागि भएका छन् ।
महाधिवेशन सुरु हुनु अगाडी आयोजित ¥यालीमा नेपालबाट महाधिवेशनमा भागलिन लसभेगस पुगेका पुरुष, लायनहरुले राष्ट्रिय पोषाक दौडासुरुवाल, कोट,टोपी,सहित नेपालको राष्ट्रिय झण्डा सहित सहभागि भएका थिए भने महिला लायनहरुले साडी,ब्लाउज र नेपालको राष्ट्रिय झण्डा फहराउदै सहभागिता जनाएका थिए ।
उनीहरुले नेपाल सरकारले सन २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउन घोषणा गरेको भ्रमण बर्षको वारेमा समेत प्रचार प्रसार गरेको खड्काले बताए। सरकाले घोषागरेको भ्रमणबर्षलाई सघाउन हामीले अमेरिकाबाट प्रचार अभियान थालीसक्यो खड्काले भने।
खड्काका अनुसार नेपालका मल्टिपल काउन्सील चियर पर्सन बालकृष्ण बुर्लाकोलीले बिश्वमा लायन्सले गर्नुपर्ने सेवा,सदस्यता दृद्धी,सामाजिक उत्तर दायित्व र भूमीका लगायतका बारेमा २११ देशका सहभागि लायन्सहरुबीच आफ्नो भनाई राखेका थिए। यो नेपाली लायनबादको उच्चसम्मान गर्दै लायन्स अन्तराष्टियले प्रदान गरेको बताइएको छ। लायन्स अन्तराष्टिको महाधिवेशनमा बोल्ने अवसरक कमैलाई हुने गर्दछ। तर, त्यस अवसर नेपालले पाएको खड्काले बताए।
त्यसैगरी नेपालका संजय खेतालनले पनी इन्टरनेशनल डाईरेक्टरको तर्फबाट आफ्ना भनाई राख्ने अवसर पाएका थिए। उनी नेपालबाट अहिले सम्मकै लायन्स ईन्टरनेशनलको ठूलो पदमा पुग्ने नेपालका लायनका नेता समेत हुन।
ठुलो संख्यामा उपस्थित नेपाली लायनहरुको आकर्षक पोशाक र राष्ट्रिय झण्डा सहितको ¥यालीले सबैको ध्यान खिचेको थियो । विभिन्न देशका सहभागिहरुले नेपालीहरु सहभागि परेडलाई निकै नियालेर हेरेको कार्यक्रममाा सहभागि लायन पारवती खेरेलले बताइन्।
नेपालको आकर्षक राष्ट्रिय पोशाक र झण्डा प्रति लालाहित भएका विभिन्न मुलुकका लायनहरुको फोटो खिचाउन लर्कोनै लागेको उनले बताइन्।
picture > mohanbabu khadaka
Related