• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘सङ्घर्षमा कलम वर्ष’ सम्मान पौडेल र थकालीलाई

  •      /१७ असार २०७५, आईतवार १२:१६ ,  प्रकाशीत
  • पोखरा,१७ असार
    सङ्घर्षमा कलम साहित्य समाज पोखराको वर्ष सम्मानबाट साहित्यकार कृष्णप्रसाद पौडेल र सूशील थकाली अुरागी सम्मानित भएका छन् ।

    संस्थाको शनिवार सम्पन्न वर्षसम्मान वितरण कार्यक्रममा बाबा साहित्य साधक सम्मानबाट हेमजाका साहित्यकार कृष्णप्रसाद पौडेल र ऋषिराम रानाभाट स्मृति सम्मानबाट मुस्ताङका सुशील थकाली अनुरागी सम्मानित भएका हुन् ।

    सम्मानित स्रष्टालाई प्रतिभा छनौट समितिका संयोजक कृष्णप्रसाद बास्तोला, अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, बाबा पुरस्कारका संस्थापक दुर्गाबहादुर शाह बाबा, संस्थाका अध्यक्ष कृष्ण रानाभाट सारथिले सम्मान अर्पण गरेका थिए । संस्थाले ऋषिराम स्मृति सम्मान पाँच हजार पाँच र बाबा साधक सम्मान पाँच हजार पाँच सय पच्पन्न, ताम्रपत्र र दोसल्लाबाट उनलाई सम्मान अर्पण गरेको हो ।

    कार्यक्रमका आमन्त्रित व्यक्तित्व प्राज्ञ हरिदेवी कोइरालाले संस्थाको सम्मानले व्यक्तिमात्र नभएर संस्थाकोसमेत उचाइ बढ्ने बताइन् । उनले असार मानो रोपेर मुरी फलाउने दिन भएको सम्झना गर्दै असारे गीतसमेत प्रस्तुत गरेकी थिइन् ।

    सम्मानित स्रष्टा थकालीको परिचय राख्दै पर्वत साहित्य संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले थकालीलाई संगमको एउटा खम्बाका रुपमा चिनाए । यस्तै अर्का स्रष्टा पौडेलको परिचय राख्दै प्रतिभा छनौट समितिका संयोजक कृष्णप्रसाद बास्तोेलाले पौडेललाई सरल, सिर्जनशील र शालीन स्रष्टाका रुपमा चिनाए ।

    सम्मानित स्रष्टा कृष्णप्रसाद पौडेलले आफु विभिन्न क्षेत्रमा छरिएकाले साहित्य ओझेलमा परेको जस्तो देखिए तापनि हृदयले साहित्यलाई कहिल्यै पछाडि नपारेको र सम्मानले आफ“लाई सिर्जनायात्रामा थप क्रियाशील भएर लाग्नका लागि प्रेरणा थपेको बताए।

    अर्का सम्मानित स्रष्टा अन’रागीले द’र दराजको स्रष्टा प्रदेशको राजधानीमा आएर सम्मान ग्रहण गर्न पाउँदा हर्षानुभुति भएको बताए । साथै, थकालीले हिमालपारीको जिल्ला मुस्ताङका ऐतिहासिक दस्तावेजलाई साहित्यिक अभिलेखनका लागि म’स्ताङ आउने स्रष्टालाई स्थानीय व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

    पुरस्कारका संस्थापक दुर्गाबहादुर शाह बाबाले आफ्ना सिर्जनाले प्राप्त गरेको रकमको व्यवस्थापनबाट बाबा प’रस्कार सञ्चालन गरेकोमा संस्थाप्रति आभार व्यक्त गरे ।

    पुरस्कारका संरक्षक असफल गौतमलगायतले संघर्षमा कलम साहित्यिक यात्रामा फेवाताल बन्न चाहेकाले त्यसलाई संरक्षण गरेर मनोरम् दृश्यावलोकन गर्ने कि अतिक्रमण गरेर कुरुप पार्ने सबै जिम्मेवारी श’भेच्छुक, शुभचिन्तकको हातमा रहेको बताए ।

    उनले मान्छे एक्लै ख’सी ह’न सक्ने तर सफल ह’न नसक्ने भएकाले सबैको साथ सहयोगले संस्थाले दशकको यात्रा पार गरेको स्मरण गरे ।.

    संस्थाका अध्यक्ष कृष्ण रानाभाट सारथिले बाबा साहित्य साधक प’रस्कार कम्तीमा दुई दशक र ऋषिराम रानाभाट स्मृति सम्मान एक दशक साधनारत स्रष्टालाई वितरण गर्दै आएको बताए। उनले स्रष्टा छनौटमा त्र’टि नहोस् भनेर निकै संयमता अपनाउँदै आएको बताए ।

    संस्थाका बारेमा जानकारी गराउँदै उपाध्यक्ष पुर्ण नेपालीले हालसम्म बाबा सम्मानबाट छ जना, ऋषिराम स्मृति सम्मानबाट आठ जना र सङ्घर्षमा कलम समाजसेवा सम्मानबाट आठ जना सम्मानित भइसकेको बताए .

    कार्यक्रममा पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडी, सिर्जनशील लोकतान्त्रिक वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. जगन्नाथ रेग्मी, नेपाली लेखक संघ कास्कीका अध्यक्ष गणेश शर्मा, पुर्व सम्मानित स्रष्टा कृष्ण अन्जान ज्ञवाली, नेपाल मुक्तक प्रतिष्ठान कोरियाका निवर्तमान सचिव विष्ण’ वाग्ले, स्याङ्जा साहित्य प्रतिष्ठानका पिताम्बर नेपाली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका गीता तिवारी गौतमलगायतले बोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.