• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की काँग्रेसद्धारा बेपत्ता पौडेलको खोजी र घटना छानबिन गर्न उच्चस्तरीय वैधानिक समिति गठनको माग

  •      /१७ असार २०७५, आईतवार १६:१० ,  प्रकाशीत
  • पोखरा, १७ असार । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ । काँग्रेसले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण सँगै तीन बुँदे माग गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

    कास्की काँग्रेसले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले बेपत्ता सम्वन्धि घटनाको अनुसन्धान पूरा नहुदै अनुसन्धानमा रहेका सूचनाहरु सार्वजनीक गरेको र पोखरा महानगरपालिकाले राजनैतिक आधारमा घटनालाई तोडमोड गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले अनुसन्धानमा रहेको घटनाको सूचनाहरु सार्वजनीक गर्नु सान्र्दभिक  नभएको भन्द्र मानवीय संवेदनशीलतालाई समेत बेवास्ता गरी राजनैतिक आधारमा घटनालाई तोडमोड गर्ने पोखरा महानगरपालिकाप्रति गम्भिर आपत्ति छ।’

    पोखरा महानगरपालिकाले असार १६ गते शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा  घटना तोडमोड गर्ने प्रयासका रुपमा उल्लेख गरेको हो ।ज्ञापनपत्रमा बेपत्ता भएको नौ दिन पुगेको भन्दै प्रशासन र सम्वन्धित सरकारी निकायबाट भइरहेको खोजी कार्य प्रभावकारी बनाउन भनिएको छ ।

    कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बेपत्ता पौडेलको खोजी र घटना छानबिनका लागि उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनीक गर्न, कार्यालयले बरिष्ठ अधिकृत पौडेललाई जिम्मेबारीबाट हटाउने तथा मनोबल गिराउने गरी गरिएका गतिविधि छानविन गर्न र राजनैतिक पूर्वाग्रहका आधारमा कर्मचारीलाई जिम्मेबारीबाट अलग्याउने जस्ता गतिविधि रोक्न माग गरेको छ ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.