अर्काको कुरा काटेर नबस्न पर्यटनमन्त्री अधिकारीको वायु सेवा निगमका कर्मचारीलाई निर्देशन
तपाईको प्रतिक्रिया





काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विमानहरुको कमी हुन नदिने बताएका छन् ।
नेपाल वायु सेवा निगमको ६० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सरकारले जमानी बसेर पनि विमान खरिदका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए । निगमका कर्मचारीहरु एकले अर्काको कुरा काटेर बस्ने गरेको पाइएको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसो नगर्न निर्देशन दिए ।
उनले २ वर्ष भित्र २० लाख पर्यटक भित्रायाउने गरी उडान क्षेत्रलाई व्यवस्थित बनाउने दायित्व निगमका कर्मचारीहरुको रहेको बताए । कार्यक्रममा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई अघि बढाउन जनशक्तिको अभाव रहेको बताए ।
उनले निगमलाई प्रतिस्पर्धी बनाउन हवाई उडानको गुणस्तरमा विशेष ध्यान दिइने बताए । उनले नेपाल वायु सेवा निगमले कर्मचारीहरुको सेवा र सुविधालाई भन्दा पनि कामलाई उच्च प्राथमिकता दिँदै आएको दाबी गरे ।
Related