• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अवैध ४ औषधि पसलमा शिल

  •      /१८ असार २०७५, सोमबार ०५:५४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा। औषधि व्यवस्था विभागको टोलीले अनुगमनको क्रममा लमजुङका विभिन्न ठाउँमा अवैध रूपमा सञ्चालित ४ ओटा औषधि पसल बन्द गराएको छ । अनुगमनको क्रममा औषधि पसलका लागि अनुमतिपत्र लिए पनि प्राविधिक नराखेको, इजाजतविना औषधि विक्रीवितरण गरेको, लागू तथा मनोद्दीपक औषधि विक्रीवितरण गर्ने गरेको तर औषधि विक्रीको अभिलेख दुरुस्त नमिलेको पाइएको थियो ।

    बिरामीलाई भर्नासमेत गरी उपचार गर्ने गरेको भेटिएपछि अनुगमन समितिले औषधि पसल बन्द गराएको विभागकी फार्मेसी सुपरभाइजर तारा ढकालले बताइन् ।विभागको टोलीले जिल्लाको बेँशीशहर, उदिपुर, भोटेओडार, सुन्दरबजारलगायत स्थानमा रहेका २९ ओटा औषधि पसलको अनुगमन गरेको थियो ।

    अनुगमनको क्रममा आधा दर्जन औषधि पसल भने बन्द भेटिएको छ । अनुगमन टोली आएको सुराकी पाएर बन्द गरेको हुन सक्ने टोलीको अनुमान छ । जिल्लामा पटक–पटक अनुगमनको क्रममा सुधार गर्न सुझाव दिए पनि व्यवसायीले अटेर गरेपछि बन्द गर्नुको विकल्प नभएको जिल्ला जनस्वास्थ्य कार्यालय, लमजुङका प्रमुख केशव चापागाईंले बताए ।

     

    बन्द गरिएका र अन्य सामान्य त्रुटि भेटिएका औषधि पसलहरूलाई १० दिनभित्र विभागको काठमाडौंस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । मानव स्वास्थ्यसँग जोडिएको महŒवपूर्ण क्षेत्रमा भइरहेको खेलबाडलाई टुलुटुलु हेरेर बस्न नसकिने भन्दै त्यस्ता व्यवसायीलाई कानूनी कारबाही गरिने विभागका फार्मेसी अधिकृत उमेश राईले बताए ।

     

    अनुगमनको क्रममा केही औषधि पसलमा नेपालमा प्रतिबन्धित १०० एमजीको जेनेग्रा औषधिसमेत सञ्चय गरेको पाइएको छ । जिल्लामा प्रक्रिया पूरा नगरी सञ्चालन गरेका विभिन्न औषधि पसलहरू अघिल्लो वर्ष बन्द गरिए पनि प्रशासनलाई अटेर गरी प्रक्रिया मिचेर औषधि व्यवसाय गर्दै आएका छन् ।

    arthik abhiyan

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.