• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सानिमा लाइफ इन्स्योरेन्सको १८ औं शाखा पोखरामा

  •      /१८ असार २०७५, सोमबार ०९:०४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको न्युरोडमा १८ औं शाखा स्थापना गरेको छ । शाखाको प्रदेश नं. ४ का प्रदेश सांसद विन्दुकुमार थापा, कलाकार एवं कम्पनीमा सद्भावना दुत जितु नेपाल र कम्पनीका मुख्य व्यवस्थापक गणेश चौलागाईले शुक्रबार संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

    कार्यक्रममा बोल्दै सांसद थापाले जीवन रक्षा एवं स्वास्थ्य प्रवद्र्धनका खातिर विमा आवश्यक रहेको बताए । विमा गर्ने र विमा प्राप्त गर्ने प्रक्रियालाई सरल र सहज बनाउनु आवाश्यक रहेको उनले तर्क गरे । प्रदेश नं ४ का बासिन्दाको लागि विमा अनिवार्य गराउने कार्यक्रम ल्याउन आफ्नो पहल रहने धारणा राखे ।

    सानिमा लाइफ इन्स्योरेन्सका सद्भावना दुत हास्य कलाकार जितु नेपाल मुन्द्रेले स्थापनाको छोटो समयमा नै आम जनसमुदायको विश्वास जित्न सफल भएको बताउँदै ढुक्क भएर सानिमामा बिमा गर्न समेत उनले आग्रह गरे ।

    पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले उद्योगी व्यवसायीको लागि जीवन बिमा अनिवार्य गर्नको लागि आफूले पहल गरेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समुदायमा बिमा साक्षरताको आवश्यकता औेल्याउदै साक्षरता फैल्याउन पत्रकार महासंघ तयार रहेको बताए ।

    सानिमा बैंक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीद्वारा कम्पनीको प्रवद्र्धन गरिएको छ । कम्पनीले हालसम्म सानिमा सरल, सानिमा दीर्घायु, सानिमा धनपति, सानिमा बालसौगात र सानिमा म्यादी गरी पाँच योजनाहरु बजारमा ल्याएको शाखा प्रमुख सुदिपराज ढुंगानाले जानकारी दिए ।

    हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ, जारी पूँजी २ अर्ब रुपैयाँ तथा चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । छिट्टै ६० करोड रुपैयाँ बराबरको शेयर निश्कासन गर्ने तयारी गरिरहेको छ । थोरै संख्यामा मात्र जीवन बिमा भएकाले नेपालमा बिमाको बजार व्यापाक राम्रो रहेको चौलागाईंले बताए । प्रदेश ४ अन्तर्गतका विभिन्न जिल्लाहरुमा शाखा स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.