प्रदेश ४ को नाममा कम्युनिष्ट पार्टी भित्रै बिवाद ,उपयुक्त निर्णय लिनसकेन
/१९ असार २०७५, मंगलवार १०:१२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा /प्रदेश ४ को नाम के राख्ने भन्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टीमा सहमति नजुटेपछि मंगलबारको संसद बैठक स्थगीत भएको छ । गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्प सहितको प्रतिवेदन सदनमा टेवुल गरेका थिए ।
सोमवार प्रदेश राजधानी पोखरा कायम गरेको प्रदेश सभामा मंगलवार प्रदेशको नाम सम्वन्धि छलफल हुने वताईएको थियो ।प्रदेश नामकरणको सम्वन्धमा संसदको सवैभन्दा ठूलो दल नेकपा भित्र सहमति वन्न नसक्दा संसद वैठक २१ गतेसम्मको लागि स्थगित भएको हो । संसदको कार्यव्यवस्था परामर्श समितिको वैठकमा वैठक स्थगित गर्ने सहमति भएको थियो ।
नेकपा भित्र प्रदेशको नाम गण्डकी राख्ने कि गण्डकी तमुवान राख्ने भन्नेमा वहस चलिरहेको छ । शनिवार ५ घण्टा चलेको नेकपा संसदिय दलको वैठक मंगलवार पुन वसेपनि ठोस निर्णय गर्न सकेन ।
नामको बिषयमा अब २१ गते मात्रै छलफल चल्नेछ । यसका लागि अन्य दलले आफ्ना धारणा दिईसकेका छन् । तर नेकपाबीचमा के नाम पठाउने भन्ने टुंगिएको छैन । यसअघि एमालेले गण्डकी प्रदेश राख्न सिफारिस गरेको थियो । माओवादीले कुनैपनि सुझाव दिएन ।
नेकपाकै संसदीय बैठकमा पनि सांसदहरुले फरक मत राखेको बुझिएको छ। केहीले गण्डकी तमुवान राख्ने प्रश्ताव अघि सारेपनि केहीले त्यसको विरोध गरेको र गण्डकी नाम राख्नुपर्नेमा जोड दिएका छन् ।
अरु पार्टीले गण्डकी उपयुक्त हुने सुझाव पेश गरेका छन् । नयाँ शक्तिले गण्डकीलाई दोश्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा गण्डकी तमुवान नै छ । जनमोर्चा र नेपाली काँग्रेसले गण्डकी सबैको साझा अपनत्वको नाम हुने उल्लेख गरेको छ ।
सुझाव संकलन समितिले पनि गण्डकीमा अधिक जनताको प्राथमिकता परेको प्रतिवेदन बनाएको छ । दोश्रोमा तमुवान मगरात र तेश्रोमा गोरखा प्रदेश राख्ने सुझाव समितिको छ ।

Related