बेपत्ता महानगरपालिकाका बरिष्ठ अधिकृत पौडेलको खोजी तीब्र, क्यानोनिङको टोलि सेती खोंचमा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले डेढसातादेखि बेपत्ता ओमराज पौडेलको खोजीलाई तीब्र पारेको छ । असार ९ गते देखी हराइरहेका पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख पौडेललाई खोज्न पोखरा क्यानोनिङको प्राविधीकहरुको टोलि खटाईएको हो।
प्रहरीले सीसी क्यामेराको फेटेजको आधारमा पौडेल महेन्द्रपुलमा हिडिरहेको दृष्य र प्रत्यक्ष दर्शीले त्यसै समयमा एक ब्याक्ती पुलको साइडबाट सेतीमा हामफालेको भनी दिएको जानकारीका आधारमा त्यस क्षेत्रलाई प्रमुखतामा राखेर खोजि गरिरहेको छ। यस अघिपनि त्यस क्षत्रमा नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणले खोचमा पसेर खोजी गरेका थिए। तर,त्यहाँ कुनै सुराक फेला परेको थिएन्।
क्यानोनिङको प्राविधीकहरुको टोलिले पुन महेन्द्रपुलदेखी महतगौडाको दोविल्लासम्मका संकास्पद ठाउँहरुमा खोजी गरेको छ । सोमबार दिउँसो २ बजेदेखी सांझ ५ बजेसम्म महेन्द्रपुल, रामघाट पुलको आसपास र दोविल्लामा रहेको सेती नदीको खोंचमा क्यानोनिङको प्राविधीक टोलीमार्फत खोजि गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओम रानाले बताए ।
उनका अनुसार खोंचमा रहेका रह र विभिन्न सम्भावित ठाउँहरु किटान गरी खोजिएको हो। ती स्थानहरुमा क्यानोनिङका ५ सदस्यीय प्रविधीकहरुले खोजी गरेका थिए । पौडेलको लामो समसय देखि खोजी गर्दा पनि फेला परेको छैन । उनको खोजीका लागि तनहुँ र चितवनमा समेत समन्वय भैरहेको प्रहरीले जनाएको छ ।
मुसलधारे झरीको प्रवाह नगरी पोखरा क्यानोनिङका प्राविधीक सुनिल गुरुङको नेतृत्वमा ५ जनाको टोली सेती खोंचमा पसेका थिए । झण्डै पाँच घण्टाको अवधिमा सम्भावित चार वटा ठाउँहरुमा खोजिएको गुरुङले बताए । उनले सेतीको बहाव बढेका कारण खोंचहरुमा समेत कुनै बस्तु तैरिने अवस्था नरहेको बताए ।
पौडेलको खोजी तिव्र पार्न नेपाली काँग्रेस कास्कीले आईतबार प्रमुख जिल्ला अधिकारीसँग ज्ञापनपत्र नै बुझाएको थियो । खोजीकार्यमा सुस्तता आएको भन्दै तुरुन्त प्राविधिक टोलीबाट खोजी गर्न काँग्रेसले माग गरेको थियो ।
Related