• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पश्चिमाञ्चल इञ्जिनियरिङमा नेशनल टेक्निकल फेस्टिवल हुने

  •      /२१ असार २०७५, बिहीबार १३:०३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पश्चिमाञ्चल इञ्जिनियरिङ अध्ययन संस्थान पोखरामा साउन पहिलो साता राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवल हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पसको आयोजनामा हुने सो फेस्टिवलमा मुलुकभरका प्रतिष्ठित झण्डै दुई दर्जन इन्जिनियरिङ क्याम्पसबाट विद्यार्थीको सहभागी हुने अयोजकले जनाएको छ।

    फेस्टिवलमा विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रविधिका सामाग्री प्रदर्शन गरिनेछ । भेक्टर ‘डाइरेक्ट र्यो ्भिजन’ नामकण गरिएको उक्त कार्यक्रममा स्मार्ट सिटी, क्लिन इनर्जि, पर्यटन, कृषि, शिक्षा लगायतका बिषयमा विद्यार्थीद्वारा आफ्ना सिर्जना प्रस्तुत गर्ने छन्।

    स्ववियु सभापति ईन्द्र पौडेलले इन्जिनियरिङमा सिकेका कुराहरु व्यवहारमा उतार्न विद्यार्थीका लागि यस्ता फेस्टिवल फलदायी हुने बताए। उनले विभिन्न संघसंस्थाको सहयोग रहेकाले फेस्टिवल सफलतापूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

    ‘यो राष्ट्रिय स्तरको बिज्ञान तथा प्राविधि फेस्टिवल नेपालकै ठुलो कार्यक्रम हुनेछ।’ टेक्निकल फेस्टिवलका संयोजक समेत रहेका स्ववियु सदस्य किरण तिवारीले भने ‘इन्जिनियर बिना देश विकास सम्भव छैन, देश भरका इन्जिनियरिङ विद्यार्थीको सिर्जना फेष्टिवलमा प्रस्तुत गरिनेछ।’

    उनले कार्यक्रमा आफ्ना सिर्जनाका साथ उपस्थित भइदिन देश भरका टेक्निकल कलेजलाइ क्याम्पस प्रमुख राम प्रसाद पौडेलले आह्वान गरे ।
    फेस्टिवलमा पाँच सय भन्दा बढी स्टल रहने छन् । गत वर्षको एक्स्पोमा दश हजार भन्दा बढीले अवलोकन गरेका थिए । यसपटक २० हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ।

    कार्यक्रमा बिज्ञान तथा प्रविधिको अलवा मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल कम्पिटिसन जस्ता थुप्रै अन्य कार्यक्रम पनि हुनेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.