ह्यारी मगुइरे र डेली अलीको गोल तथा गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट बचाउमा इंग्ल्याण्ड स्वीडेनलाई पराजित गर्दै २८ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।
रसियामा भइरहेको २१औँ विश्वकप अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा स्वीडेनलाई २-० ले हराउँदै थ्री लायन्सले अन्तिम चारमा स्थान बनाएको हो। उसले अब फाइनल प्रवेशका लागि आयोजक रसिया र क्रोएसियाबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ।
सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्याण्ड ५२ वर्षपछि फाइनल पुग्ने दाउमा छ। इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुगेको भने समग्रमा यो तेस्रो पटक हो।
सामारास्थित सामारा एरेनामा शनिवार भएको खेलमा इंग्ल्याण्डले दुवै हाफमा एक-एक गोल गर्यो।

Related