अनलाइनहरु र सामाजिक सञ्जाल नियमन गर्न छिटै कानुन जारी
/२४ असार २०७५, आईतवार ११:०८ , प्रकाशीत
काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल र अनलाइनको नियमनका लागि छिटै कानुन जारी हुने बताएका छन्।
राष्ट्रियसभामा बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले दुवै कार्य पृथक भएकाले सोही अनुसारको नियमन गर्ने तयारीमा सरकार रहेको बताए।
‘यो सकारात्मक नियमन हो, अभिव्यक्ति स्वतन्त्रतामाथिको अधिनायकवाद होइन,’ उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलको नेता र समाजका प्रतिष्ठित व्यक्तिहरु विरुद्ध कस्ता पोस्ट भएका छन् त्यसलाई समयमा नियमन गर्न जरुरी छ।’
कानुनभन्दा माथि कुनै पनि पेशा र व्यवसाय नहुने भएकाले प्रेस स्वतन्त्रता पनि कानुनी परिधिभित्र हुने उनको भनाइ थियो। ‘जे पनि लेख्न पाउने र त्यस बापत उत्तरदायी हुने कि नहुने भन्ने कुरा अब समाधान हुनुपर्छ,’ उनले भने, ‘मिडिया नियन्त्रण गर्ने सरकारको कुनै सोचाइ छैन तर आफैं नियममा बसोस्।’

Related