• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेल जेल चलान

  •      /२४ असार २०७५, आईतवार १५:५७ ,  प्रकाशीत
  • काठमाडौं– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा सर्वोच्च अदालतले थुनामा राख्नु भनिएका प्रतिवादी छविलाल पौडेल अदालत उपस्थित भएका छन्।

    ६८ वर्षीय पौडेललाई सर्वोच्चले आइतबार डिल्लीबजार कारागार पठाएको छ।

    २०७२ पुस ६ गते सर्वोच्चले पौडेललाई थुनामा राखी मुद्दा किनारा लगाउन फैसला सुनाएको थियो। उक्त फैसलाको तीन वर्षपछि पौडेल आफैं अदालतमा हाजिर भएका हुन्।

    छोराको हत्यारालाई कारबाहीको माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी लामो समयदेखि पटकपटक आमरण अनसनमा बस्दै आएकी छिन्। पछिल्लो पटक अनसनकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइसियूमा राखेर उपचार भइरहेको छ।

    सर्वोच्चले २०७२ पुस ६ गते धरौटीमा छाड्ने तत्कालीन पुनरावेदन अदालत हेटौंडाको आदेश उल्टाउँदै पौडेललाई पक्राउ गरी थुनामा राख्न भनेको थियो।

    छोराको हत्यारालाई कानुनी कारबाही गर्न माग गर्दै पिता नन्दप्रसाद अधिकारीले अनसन सुरु गरेपछि २०७० साउनमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नन्दप्रसादको अनसनकै क्रममा २०७१ असोज ६ मा मृत्यु भएको थियो।

    द्वन्द्वकालमा चितवनको रत्‍ननगरस्थित मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादलाई तत्कालीन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेको थियो।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.