अकला देवी मन्दिरको पुर्ननिर्माण सम्पन्न दर्शनार्थिको घुंइचो
/२६ असार २०७५, मंगलवार ०५:३७ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली पोखरा । कास्की जिल्लाको ऐतिहासिक शक्तिपीठको रुपमा पोखरा १९ लामाचौरमा रहेको अकला देविको मन्दिर पांचौ पटक पुर्ननिर्माण गरिएको छ ।
पछिल्लो स्वरुपमा समयको माग अनुसार मन्दिर पुर्ननिर्माण गरिएको अकलादेवि मन्दिर धार्मिक क्षेत्र विकास समितीले बताएको छ ।साविक स्वरुपलाइ समयको माग अनुसार पुर्ननिर्माण गरीएको अकलादेवि मन्दिर अव नेपाली पगोडा शैलिमा पुर्ननिर्मीत बनेको छ ।
नेपाली कलाकृति र वास्तुकलाको अत्यधिक प्रयोग भएको अकलामन्दिरका हरेक टुंडालमा तान्त्रिक तस्वीरहरु कुंदिएका छन ।मन्दिरको छानो तामाले छाइएको छ भने सुनको जलप लगाइएको गजुर पित्तलको चंदुवा ,अांखिझ्याल,कलात्मक बुट्टा सहितको मन्दिरको ढोका राखिएको छ ।मन्दिरमा भकतपुरको इट्टा प्रयोग गरीएको छ भने कालीगढ पििन भक्तपुर वाट ल्याइएको समीतीले जनाएको छ।
मन्दिर पुर्ननिर्माण संगै परिशरमा तिन तले बहुउद्धेसिय भवन,यज्ञशाला,दर्शनार्थिका विश्राम गर्नका लागी पञ्चदेवल आश्रम पानीको धारा,शौचालय लगाएत मन्दिर परिसर वरीपरि तारवार समेत गरीएको छ ।करीव एक करोडको लागतमा पुर्ननिर्माण सम्पन्न भएको अकलामन्दिरको पुर्ननिर्माणको सम्पुर्ण लागत अकला मन्दिर धार्मीक क्षेत्र विकास समीतीले दान चन्दा र भक्तजनको सहयोगले जुटाएको समितीका अध्यक्ष वावुराम गौतमले वताए ।
मुख्यतया दशैं र चैते दशैंमा विशेष महोत्सव लग्ने अकला मन्दिरमा हरेक शििनवार,मंगलवार, संक्रान्ती ,पुर्णीमा, अष्ठमी तिथीका साथै माघ ,फागुन ,मंशिर,चैत्र वैशाख,ज्येष्ठ भाद्र,आश्विन महिनामा विशेष पुजा आजा हुने गरेको समितीका बिष्णु गौतमले बताए ।अकला मन्दिर क्षेत्रमा यस वर्षदेखी पशुवलि न्युनिकरणका लागी अभियान संञ्चालन गरीएपछि पशुवलीमा कमी आएको गौतमको भनाइ छ ।
स्थानिय हरुको भनाइमा अकला देवीको इतिहास ५सय वर्ष अगाडीको रहेको र पुर्खाहरुले साविकको अकला मन्दिर रहेको ठाउंमा अंसुराका झांगमा देवीको शिला भेटाएपछि सो ठाउंमा मन्दिर वनाएर देवीलाइ राखेका थिए ।शिलाको पुरातत्व विभागमा परीक्षण गराउंदा करीव ८ सय वर्ष पुरानो शिला रहेको प्रमाणित भइसकेको छ ।
पछिल्लोपटक पुर्ननिर्माण संगै समितीले अकला मन्दिर को प्रचार प्रसारलाइ व्यापक बनाएपछि यो वर्ष मात्रै करीव ७५ हजार दर्शनार्थिले अकला देवीको दर्शन गरेको समितीले जनाएको छ । नेपालका विभीन्न क्षेत्रका अतिरीक्त भारतको आसाम मेघालय,उत्तराखण्ड ,सिक्कीम,उत्तरप्रदेश,विहार लगाएतवाट दर्शनार्थि अकला मन्दिरमा दर्शनका लागी आउने गरेका छन ।
लामाचौरको पर्यायवाचिको रुपमा स्थापित अकला मन्दिरलाइ कास्की जिल्लाकै शक्तिपिठ हरुको केन्द्र विन्दुको रुपमा विकास गर्ने अभियानमा लागेको अकला देवि मन्दिर धार्मिक क्षेत्र विकास समितीका वावुराम गौतम ले वताए ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । कास्की जिल्लाको ऐतिहासिक शक्तिपीठको रुपमा पोखरा १९ लामाचौरमा रहेको अकला देविको मन्दिर पांचौ पटक पुर्ननिर्माण गरिएको छ ।

Related