शुभेच्छा न्यूज पोखरा । जनस्वास्वाथ्यमा खेलवाड गरी आवस्यक प्रक्रिया बिना नै पोखरामा पानी विक्रि गर्दै आएको एक खानेपानी कम्पनीमा जिल्ला प्रशासन कार्यालय कास्कीले सिल्बन्धी गरेको छ । पोखराको हेम्जामा रहेको टुडे कम्पनीले उत्पादन गर्दै आएको टुडे नामक पानीको जारमा कोलिफर्म भेटिए पछि प्रशासन कार्यालयले सिलबन्धी गरेको हो ।
कम्पनीले उत्पादन गर्दै आएको १ लिटरको शुद्ध पिउने पानीमा भने कुनै समस्या नभएको प्रशानसले जानकारी दिएको छ । अनुगमन टोलीले असार २२ गते पोखराका ५ वटा कम्पनीको पानी परिक्षणका लागि खानेपानी तथा सुपेरिबेक्षण पोखराको प्रयोगशालामा पठाएको थियो ।
परिक्षणको लागि लगिएको पानीमा ल्याव अनुसन्धानको क्रममा टुडे कम्पनीले उत्पादन गर्दै आएको जारको पानीमा कोलिफर्म भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कम्पनीको पानी पुन परिक्षका लागि पठाएको बताए। परिक्षणको क्रममा पानीमा फेरी पनि कोलिफर्म भेटिए कम्पनीले उत्पादन प्रक्रियामा सुधार नल्यादा सम्म बन्द गर्ने उनले बताए।
शुभेच्छा न्यूज
पोखरा । जनस्वास्वाथ्यमा खेलवाड गरी आवस्यक प्रक्रिया बिना नै पोखरामा पानी विक्रि गर्दै आएको एक खानेपानी कम्पनीमा जिल्ला प्रशासन कार्यालय कास्कीले सिल्बन्धी गरेको छ । पोखराको हेम्जामा रहेको टुडे कम्पनीले उत्पादन गर्दै आएको टुडे नामक पानीको जारमा कोलिफर्म भेटिए पछि प्रशासन कार्यालयले सिलबन्धी गरेको हो ।

Related