पोखराकी एक युवतिलाई चिनको केरुङमा पुर्याएर यौनशोषण गर्ने २ युवा पक्राउ
/२७ असार २०७५, बुधबार ०९:४१ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । एक १९ बर्षि युवातिलाई चिनको केरुङमा लगेर अबैध क्रियाकलापमा मानव बेचबिखन, ओसारपसार तथा यौनशोषण गरेको आरोपमा पोखराका २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका–२६ का २४ वर्षीय सुरज दर्जी र सोही महानगर वडा नम्बर–६ धादिङगाउँ बस्ने २४ वर्षीय समर परियार रहेका छन्।
एक १९ वर्षीया युवतीलाई ललाइ–फकाई नक्कली नागरिकता बनाई चीनको केरुङमा अबैध क्रियाकलापमा संलग्न गराएको आरोपमा चिनियाँ प्रहरीको समन्वयमा रसुवा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रसुवाका प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए। उनका अनुसार असार ४ गते एक युवतीलाई केरुङ पुर्याई डान्सबारमा यौनधन्दाको काममा लगाई अन्य दुव्र्यवहारसमेत गर्ने गरेको सूचनाको आधारमा प्रहरीले युवतीको उद्धार गरेका हौँ।
अनुसन्धानका क्रममा जेठ ११ गते पोखराबाट युवतीलाई फकाएर काठमाडौं हुँदै रसुवाको स्याँफ्रुमा पुर्याई नागरिकता तयार नहुन्जेल होटेलमा राखी पटक–पटक यौनशोषण गरेको र त्यसपछि केरुङ पुर्याइएको खुलेको प्रनाउ तामाङले जानकारी दिए।
घटनामा संलग्न ५ जनामध्ये २ जनालाई पक्राउ गरिएको र ३ जनाको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुई जनालाई मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान अघि बढाइएको तामाङले बताए।
त्यस्तै उद्धार गरिएकी युवतीलाई माइती नेपाल काठमाडौं पठाउने तयारी भइरहेको पनि प्रहरी नायब उपरिक्षक तामाङले जानकारी दिए।
नेपाल लाईभको सहयोगमा
शुभेच्छा न्यूज
पोखरा । एक १९ बर्षि युवातिलाई चिनको केरुङमा लगेर अबैध क्रियाकलापमा मानव बेचबिखन, ओसारपसार तथा यौनशोषण गरेको आरोपमा पोखराका २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

Related