शुभेच्छा न्यूज पोखरा । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।स्थानिय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित कास्की जिल्लालाई पूर्ण खोप घोषणा गरिएको छ ।
१५ महिनाभित्रका बालबालिका लागी लगाउनुपर्ने विभिन्न ११ थरीका खोपको उदेस्य प्राप्ति भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाकोरुपमा घोषणा गरिएको हो ।
जिल्ला जनस्वास्थ्यका कार्यलय कास्कीका प्रमुख दिनेश प्रसाद चापागाईका अनुसार पोखरा महानगरपालिकाभित्रकामाा ७ हजार १०३ जना तथा कास्कीका जिल्लाका चार गाँउपालिकाकामा १५ सय ९५ गरी कूल ८ हजार ६९८ जना बालबालिका लाई १५ महिनाको भित्रमा नै सम्पूर्णखोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाकारुपमा घोषणा गरिएको हो ।
उक्त समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की जिल्ला पूर्णखोप सुनिश्चित भएको घोषणा गरे । महानगर प्रमुख मानबहादुर जिसी र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीलाई मुख्यमन्त्री गुरुङले पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका थिए।
शुभेच्छा न्यूज
पोखरा । कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।स्थानिय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित कास्की जिल्लालाई पूर्ण खोप घोषणा गरिएको छ ।

Related