शुभेच्छा न्यूज पोखरा । गोरखा जिल्ला कारागारमा कैदी बन्दीहरु आपसमा कुटाकुट गरेका छन्। विभिन्न अपराधका घट्नाको अभियोगमा जिल्ला कारागार गोरखामा कैद भुक्तान गरिरहेका दुई समुहबीच कुटाकुट भएको हो।
बुधबार राती करीब ११ बजेको समयमा कारागार भित्र कैदी बन्दीहरु बिच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।कारागार भित्रै कुटाकुट गर्ने कैदी बन्दीहरु हाल जबरजस्तीकरणी र कर्तव्य ज्यान सम्बन्धि मुद्दामा अभियुक्त प्रमाणीत भएपछि कारागारमा कैद भुक्तानी गरीरहेका छन् ।
कुटाकुट गर्ने कैदी बन्दीहरुमा बिनोद पाण्डे, दिपेश राई र प्रकाश लामा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।
‘कुटाकुट गर्ने तीनै जनालाई नियन्त्रणमा लिएका छौँ’ उनले भने ‘आन्तरीक लेनदेनको कारण झगडा गरेका हुन सक्छन् । त्यस बारे थप अनुसन्धान गरी घटनामा संलग्न सबैलाई कानुन अनुसारको कारवाही गर्छाैँ ।’
शुभेच्छा न्यूज
पोखरा । गोरखा जिल्ला कारागारमा कैदी बन्दीहरु आपसमा कुटाकुट गरेका छन्। विभिन्न अपराधका घट्नाको अभियोगमा जिल्ला कारागार गोरखामा कैद भुक्तान गरिरहेका दुई समुहबीच कुटाकुट भएको हो।

Related