टूडेज मिनरल वाटरका संचालकद्धारा पत्रकार माथि गरेको दुव्र्यवहार प्रति महासंघको भत्सना
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा /नेपाल पत्रकार महासंघ कास्कीका सदस्य, फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीले बुधबार जिल्ला अनुगमन टोलीसंगै जादाँ भएको दुव्र्यवहार प्रति पत्रकार महासंघ कास्कीले भत्सना गरेको छ ।
पोखरा २५ हेमजा स्थित सिएमसी अक्वा वेवरेज कम्पनीद्धारा उत्पादन भएको टुडेज् मिनरल वाटर मापदण्ड विपरित भएको बिषयमा भिडियो खिच्दै गर्दा कम्पनिका संचालक कपिलकिरण श्रेष्ठले पत्रकार माथि दुव्र्यवहार तथा क्यामरा तोडफोड गरेको घटनालाई नेपाल पत्रकार महासंघ कास्की शाखाले घोर भत्सना गरेको हो ।
श्रेष्ठको यो हर्कत सिंगो संचार माध्यम माथिको ठाडो हस्तक्षेप भएको महासंघको जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, उपभोक्ता मन्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला लगायतको उपस्थितीमा दुव्र्यवहार र तोडफोड भएको घटनाले, हामी असुरक्षित भएको महशुस गरेका छौं ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । दोषी उपर कडा कारवाही गर्न, तोडफोड भएको क्यामराको उचित क्षतीपुर्तिको व्यबस्था गर्न र पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न स्थानिय प्रशासन समक्ष हामी जोडदार माग गरेको छ ।
Related