• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखाको फुजेककाण्डमा अभियुक्त बनाईएका छबिलालका आफन्तको आक्रोशःप्रचण्ड–बादल चाहिँ मोज गर्ने, छविलालले जेल जानु पर्ने ?

  •      /२८ असार २०७५, बिहीबार १०:२० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । गोरखा फुजेलका केही स्थानीयले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा ‘फुजेल, गोरखाका सचेत नागरिक परिवार’ले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन । परशुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाललाई तत्काल रिहा गर्न माग गरे ।

    ‘छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, उहाँ घरमा बस्नुभएको हुन्थ्यो, उहाँलाई फरार भनेर समाचार लेखिन्थ्यो, तर त्यस्ता समाचारले उहाँलाई पीडामा पाथ्र्यो’, उनले भने, ‘सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानुनसम्मत न्याय पाउन् भनेर र आफू निर्दोष छु भनेर अदालत जानु भएको हो ।’

    त्यस्तै कार्यक्रममा महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्दप्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए ।

    ‘कृष्णप्रसाद अधिकारीे हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिइएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो’, उनले भने, ‘नन्दप्रसादकी बुहारीलाई अंश नदिएर चर्को आर्थिक अभावमा पारेको देखेर गाउँलेहरुले अंश दिलाउन पहल गरेको कुरालाई रिसिइबीका रुपमा लिएर गाउँलेहरु पनि छोराको हत्यारा हुन भनेर किटानी दिएको कुरा स्पष्ट छ।’

    त्यस्तै गोरखा फुजेलका ठाकुर देवकोटाले जनयुद्धका सञ्चालक प्रचण्ड, बादल, पासाङलाई यस घट्नाको जिम्मा लिन आग्रह गरेका छन् । ‘जनयुद्धका कमाण्डरहरु आज मालिक बनेर मोज गरिरहेका छन्, अनावश्यक आरोप खेपेर हाम्रा आफन्तहरुले जेल बस्नुपर्ने ?’, उलने प्रश्न गरे, ‘ यदि जेल जानुपर्ने हो भने प्रचण्डले जानुपर्यो, होइन भने निर्दोष मानिसहलाई फसाउने काम भएको छ, त्यो द्वन्द्वकालको घट्ना हो, छविलाललाई बिना सर्त रिहाईको माग गर्दछु ।’

    ‘मृतक कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीले गाउँलेहरुको सार्वजनिक जीवनमाथि प्रश्न चिन्ह लगाउने काम गरिहरका छन’्, उनले भने, ‘उनले भाइको न्यायका लागि काम कम तर कमाउ धन्दा बढी गरिहरको छन्, आफ्ना छोरा र श्रीमतीलाई घर निकाला गरेर अलपत्रमा पारेका छन्, उक्त घट्ना एकतर्फी प्रचार गरिएकोमा हाम्रो गम्भिर आपत्ति रहेको छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.