अन्न्पूर्ण गाउँपालिकाको बजेट सार्वजनिक, कृषि,पर्यटन तथा सडक पूर्वाधार प्राथमितामा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ को लागि बार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले शुक्रवार सार्वजनिक गरेको बजेट ५० करोडको रहेको छ। गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आर्थिक बर्षका लागि चौथो गाउँ सभाबाट स्वीकृत ५० करोड ४४ लाख रुपियाँको आय तथा व्यय बजेट सार्वजनिक गरेका हुन्।
अध्यक्ष कुँवरले गाउँपालिकाको बृहत्तर हित र विभिन्न पूर्वाधार विकासको लागि न्यायोचित बजेट विनियोजन गरेको बताए । ‘समग्र गाउँपालिकाको पूर्वाधार विकास र वास्तविक अवस्थाको मुल्याङकन गरेर बार्षिक बजेट बनाएका हौं ’उनले भने। ‘स्थानीयको चाहना र आवस्यकतालाई प्राथमिकतामा राखेर नै बजेट तयार गरिएको हो।’
कार्यक्रममा प्रतिवेदन पेश गर्दै कुवरले कृषि,उधोग वाणिज्य,पर्यटन,सामाजिक विकास नीति, शिक्षा स्वास्थ तथा खेलकुद र पुर्वाधार बिकास लगायतको क्षेत्रमा बजेट विनियम गरिएको बताए । नीति तथा कार्यक्रमको बजेट प्रत्येक वडामा उत्पादन, उधम र व्यवसाय प्रबर्द्धन कार्यक्रम संचालन गर्ने गरी बजेट, नीति तथा कार्यक्रमा उल्लेख गरिएकोछ।
गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री किरण गुरुङले प्रदेशलाइ आर्थिक रुपमा सबल बनाउनको लागि प्रदेश क्षेत्रका ब्यावसायी एवं नागरिकहरुले कर तिर्नुपर्ने बताए। ‘मुलुकलाई आर्थिक बिकास र समृद्धीकोलागि नागरिकले तिर्ने कर महत्वपूर्ण हुन्छ’ उनले भने। ‘कर बिना राज्यले बिकास र पूर्वाधारका योजना अगाडि बढाउन सक्दैन।’
अर्थमन्त्री गुरुङले जनताले तिरेको कर प्रति राज्य सम्वेदनशिल बन्ने बताए।‘हामी सरकारले जनताको रगत र पसिना खायो भन्छौ, तर कुनै पनि व्यक्तिले आम्दानी करतिरेका हुदैनौ, केही ब्यवसायी र कर्माचारीहरुले मात्र कर तिर्ने गरेका छन’उनले भने।
गाउँपालिकाले कृषि तथा पशु तर्फ एक करोड ५० लाख , पर्यटन तर्फ ८४ लाख,एकीकृत सम्पत्तिकर सुधार योजनामा पाँच लाख,बित्तीय व्यवस्थापन सुशासन्मा २० लाख बजेट विनियोजन गरेको छ।
त्यसैगरी संस्थागत विकास तथा सेवा प्रवाहमा २५ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ७६ लाख, सामाजिक विकास समितीमा एक करोड २८ लाख चार हजार, खानेपानी तथा एक घर एक धारा कार्यक्रममा एक करोड ३० लाख बजेट बिनियोजन गरेको छ।
आर्थिक केन्द्र जोड्ने सडक तर्फ एक करोड १५ लाख, गाउँपालिका स्तरिय सडक तर्फ दुई करोड ९० लाख, वडा अनुदान तर्फ एक करोड ४४ लाख, पुर्वाधार बिकास तर्फ ८८ लाख, सिचाइ तर्फ २२ लाख र ग्रामिण सिढी बाटो तर्फ ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
Related