पोखरा । ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुका लागि पहिलो पटक भर्ती खुल्ला हुने भएको छ । ब्रिटिश गोर्खा सैनिकहमा पुरुषहरुले मात्र भर्ना हुन पाउँथे । तर, अब महिलाहरुलाई पनि भर्ती लिने तयारी थालिएको हो ।
अर्को वर्षबाट ब्रिटिश गोर्खा सैनिकमा महिलाहरुलाई पनि लिने तयारी थालिएको सन्डे टाइम्सले जनाएको छ । त्यसको तालिम २०२० को बसन्त ऋतुबाट सुरु हुने समाचारमा उल्लेख छ ।पुरुष र महिलाहरुका लागि भर्ना छनोट प्रक्रिया र तालिममा भने फरक हुने छैन ।
ब्रिटिश गोर्खा सैनिकको भर्ना हुनुअघि र भर्ना भइसकेपछि कठोर तालिम गनुपर्छ । तालिममा उम्मेदवारहरुलाई २५ किलो बालुवाको भारी बोकाएर पहाडमा दौडाइन्छ । बालुवाको भारी बोकेर करिब तीन माइलको दूरी उनीहरुले ४८ मिनेटमा पूरा गर्नुपर्ने हुन्छ ।
शुभेच्छा न्यूज

pic google
Related