• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फ्रान्स दोस्रो पटक च्याम्पियन, पहिलो पटक फाइनल पुगेको क्रोएसिया ४-२ ले पराजित

  •      /३२ असार २०७५, सोमबार ०३:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।पहिलो पटक फाइन पुगेको क्रोएसियालाई पारजित गर्दै फ्रान्सले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। रसियामा सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै २० वर्षपछि उपाधि जितेको हो।

    फान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक-एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए। पहिलो पटक विश्वकप फाइनल खेलेको क्रोएसियाको लागि इभान पेरिसिक र मान्डुकिचले गोल गरे।

    यसले पछिल्लो दुई दशकमा फ्रान्सलाई विश्वकपको सर्वाधिक सफल टोली बनाएको छ। सन १९९८ मा घरेलु भूमिमा भएको १६औँ विश्वकपमा ब्राजिललाई ३-० ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको फ्रान्सले २००६ मा पनि फाइनल सम्मको यात्रा तय गरेको थियो। तर इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि फ्रान्स उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

    २० वर्षपछि फ्रान्सले उपाधि जित्दा सन् १९९८ मा कप्तान रहेका डिडिएर डेसच्याम्पस नै प्रशिक्षकको भूमिकामा रहे। उनी यस्तो सफलता हात पार्ने मारियो जागोलो र फ्रान्स बेकनबाउर पछि तेस्रो व्यक्ति बनेका छन्।

    मस्कोस्थित लुजनिकी स्टेडियममा भएको खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्डुकिचले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिले अग्रता बनाएको थियो।फ्रान्सका एन्टोनी ग्रीजमनले प्रहार गरेको फ्रि किकमा मान्डुकिचले ब्याक हेड गर्दा आफ्नै पोष्टमा गोल भएको हो।

    तर फ्रान्सको अग्रता क्रोएसियाले लामो समय टिक्न दिएन। २८औँ मिनेटमा इभान पेरिसिकले डि एरिया भित्रबाट गोल गर्दै खेल बराबरी गरे। त्यसको दश मिनेटपछि एन्टोनी ग्रिजमनको पेनाल्टी गोलबाट फ्रान्सले २-१ को अग्रता बनायो।

    ग्रीजमनले प्रहार गरेको कर्नर क्रोएसियाको पेरिसिकको हातमा लागेर बाहिरिएको थियो। सुरुमा अर्जेन्टांइन रेफ्री पिटानाले पेनाल्टी दिएका थिएनन्। तर फ्रेन्च खेलाडीले अपिल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री भार मार्फत् पेनाल्टी रिभ्यु हुँदा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजमनले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।

    ग्रीजमनले रसिया विश्वकपमा पेनाल्टीमार्फत् गरेको यो तेस्रो गोल हो भने समग्रमा उनको चौथो गोल हो।दोस्रो हाफको सुरुमै क्रोएसियाले खेल बराबरी गर्ने मौका पाएको थियो तर फ्रान्सका गोलिकपर ह्युगो लोरिसले उत्कृष्ट सेभ गरे।५९औँ  मिनेटमा पउल पोग्बाले क्रोएसियन डिफेण्सको गल्तीमा गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए।

    फ्रान्स त्यतिमै रोकिएन। ६५औँ मिनेटमा किलिएन एमबाप्पेले लुकनस हर्नान्डेजको पासमा डि एरिया बाहिरबाट गोल गर्दै ४-१ को अग्रता दिलाए। त्यसको चार मिनेटपछि क्रोएसियाका मान्डुकिचले गोल गर्दै गोल अन्तर कम पारे।

    त्यसपछि खेलमा दुवैतर्फबाट गोल नहुँदा फ्रान्स ४-२ ले विजयी हुँदै २०१० को विश्व च्याम्पियन बन्यो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.