• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साउन १ देखि हट्ला त यातयात क्षेत्रको सिन्डिकेट ?

  •      /३२ असार २०७५, सोमबार १३:०८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।सरकारले साउन १ देखि पूर्णरुपमा सिन्डिकेट हटाउने भनको भए पनि ततकाल नहट्ने अवस्था आएको छ ।सरकारले केही विषयमा निर्णय गर्न नसक्दा यातायात क्षेत्रको सिन्डिकेट साउन १ बाटै पूर्णरुपमा अन्त्य नहुने देखिएको छ ।

    सरकारले झण्डै दुई महिनाअघि यातायात क्षेत्रको सिन्डिकेट खारेज भएको घोषणा गर्दै साउन १ देखि नयाँ व्यवस्थाका साथ अगाडि बढ्ने बताएको थियो ।

    सरकारले व्यवसायीलाई कम्पनीअन्तर्गत दर्ता नगरे साउन १ देखि नै सबै समिति भंग गर्ने घोषणा गरेको थियो । यदी तोकिएको समयमा कम्पनीमा नगए साउन १ बाट यातायात समितिले चलाउँदै आएको रुट इजाजत नवीकरण नगर्न सरकारी योजना थियो ।

    सरकार आवश्यक सवारी संख्या र रुट निर्धारण, दुर्घटना बीमा र क्षतिपूर्ति जस्ता विषयमा सरकार अझैं निष्कर्षमा पुग्न सकेको छैन । यही बहानामा व्यवसायीहरुले पेशाको सुरक्षाको सुनिश्चितता नभएसम्म सरकारले कम्पनीमा दर्ता हुन दिएको निर्देशन नमान्ने अडान लिइरहेका छन् ।देशभरि तीन सयभन्दा बढी यातायात समिति छन् ।

    तीमध्ये दुई महिनाको अवधिमा ५० भन्दा बढी व्यवसायी मात्र कम्पनीमा दर्ता भएका छन् । त्यसमा पनि अधिकांशले समितिअन्तर्गत नै रहेर काम गरिरहेको व्यवसायीहरू दावी छ ।

    सरकारद्वारा गठित यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा संयोजक रहेको कार्यदलले अझैसम्म प्रतिवेदन बुझाउन सकेको छैन । यो अवस्थामा साउन १ देखि यातयात क्षेत्रमा देखिएको सिन्डिकेट खारेजी भइहाल्ने अवस्था छैन ।

    यसअघि सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार सिन्डिकेट हटाउन भन्दै कतिपय यातायात समितिहरूको बैंक खाता रोक्का गर्न थालेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.