• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेसबुक अभियानबाटै गोरखाको सौरपानीमा एम्वुलेन्स सञ्चालन

  •      /१ श्रावण २०७५, मंगलवार ०४:४६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी उपस्वास्थ्य चौकीमा बुधबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा आउने भएको छ । सुलिकोटका युवाहरुले फेसबुक अभियान चलाएर रकम संकलन गरी एम्बुलेन्स खरीद गरेपछि सौरपानिमा बुधबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा आउने भएको हो ।

    फेसबुक अभियानबाट रकम संकलन गरी कुल १२ लाख रुपैँयाको एम्बुलेन्स खरिद गरेको सुलिकोटा गाउँपालिकाका स्थानीय (अभियानकर्ता) दिपक ढकालले जानकारी दिए । ‘हाम्रो गाउँमा कोही बिरामी भएभने उपचार गर्न सदरमुकामसम्म लैजान अत्यन्तै समस्या पर्थाे ।

    त्यसैले हामीले फेसबुक अभियान सञ्चालन गरेर केही सहयोग जुटाएर एम्बुलेन्स किनेका हौँ ।’ बुधबारदेखि सञ्चालन हुने गरी उपस्वास्थ्य चौकीलाई मङ्लबार एम्बुलेन्स हस्तान्तरण गरीने ढकालले बताए ।

    ‘उपस्वास्थ्य केन्द्रबाटै एम्बुलेन्स सेवा प्रदान गर्नु स्वास्थ्य चौकीका लागि र सम्पूर्ण बारपाक सुलिकोट गाउँपालिकाका जनताहरुका लागि खुसीको कुरा हो’ सौरपानी उपस्वास्थ्य चौकीकी प्रमुख अनिता पनेरु भन्छिन् ‘अब बिरामीहरुलाई यहाँबाट अन्यत्र उपचार गर्न लैजानु परेमा हामीले तत्काल एम्बुलेन्स मार्फत लैजान सक्ने भएका छौँ ।

    अबदेखि कुनै बिरामीहरु यहाँबाट थप उपचारका लागि बाहिर लान नसकेर कसैले दुख ब्यहोर्नु पर्ने छैन् ।’ एम्बुलेन्स सेवा सञ्चालन गर्नका लागि बेलायतबाट रुद्र ढकाल, जापानबाट ईश्वर ढकाल, काठमाडौँबाट र्एश्वर पनेरु, सौरपानीबाट दिपक ढकाल लगायतले रकम संकलनमा सहयोग गरेका हुन् ।

    daraudi

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.