• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा पहिरोमा परी एक बेपत्ता,राजमार्ग अवरुद्ध हुदा उद्धारमा कठिनाइ

  •      /२ श्रावण २०७५, बुधबार ०३:३२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पर्वत /अबिरल बर्षाका कारण पहिरोले घर बगाउँदा पर्वतको जलजला गाउँपालिका – ८ लस्दी बेरनेटामा एक युवा बेपत्ता भएका छन । मंगलबार राती १ बजेको समयमा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा १६ बर्षिय बिकास परियार बेपत्ता भएका हुन । उक्त स्थानमा पहिरोले थप ३ घर समेत बगाएको छ भने ५ जना स्थानियबासी सम्पर्क बिहीन छन ।

    पहिरोका कारण १५ घर बिस्थापित भएकाले सुरक्षित स्थानमा सारिएको छ । यसैगरी जलजला गाउँपालिका वडा नं ६ धाइरिङ्ग बास्कोटमा भीमलाल आचार्यको घर भत्कँदा उनी सहित ५ जना घाइते भएका छन भने सो स्थानमा पनि धेरै घर जोखिममा परेका छन ।

    बर्षाका कारण मालढुंगा बेनी सडकका धेरै स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध हुँदा सदरमुकाम कुस्माबजारबाट उद्दारमा गएको टोली घटनास्थलमा पुग्न सकेको छैन ।

    प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यस तर्फ गैरहेको छ । मिलनचोक प्रहरी चौकीबाट पुगेको प्रहरी टोलीले उद्दारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.