गोरखामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु , दुई घाइते
/२ श्रावण २०७५, बुधबार ०६:३५ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।शहीद लखन थापा गाउँपालिका–६ अँधेरीमा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय नवराज कुँवरको घर भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय कृष्ण कुँवरले जानकारी दिए ।
पहिरोले बिहान साढे ६ बजेतिर घर भत्किएको हो। घटनामा अन्य दुई जना घाइते भएको उनले बताए । सो गाउँमा अन्य सात घर पनि जोखिममा रहेको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।
पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले प्रहरीको टोली घटनास्थल पुग्न नसकेको जानकारी दिए । घर भत्किँदा नवराज बाहिर रहेको स्थानीय खोलामा आएको बाढीले उतै रोकिएको स्थानीयले बताएका छन् ।
त्यस्तै घार्चे गाउँपालिका वडा नम्बर ७ खानीबेसीमा पहिरोका कारण छ घर जोखीममा परेको ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्ष सुरज कार्कीले जानकारी दिए ।

तस्विर ; फाइल तस्विर
Related