• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संघीयता कार्यान्वयन जटिल : मुख्यमन्त्री गुरुङ

  •      /२ श्रावण २०७५, बुधबार ०७:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा ।संघीयता कार्यान्वयन गर्न कठिन भइरहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाको तेस्रो गाउँसभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको अभ्यास चरणमा रहेकाले जटिलता आएको तर्क गरे ।

    ‘स्थानीय तह स्थानीय तहमै अलमल छ, प्रदेश प्रदेशमै अलमल छ, संघ संघमै अलमल छ । अहिले हामी धेरै अलमलमा छौं’, उनले भने, ‘हुन त यो दुनियामा संघीय शासन प्रणाली भर्खर भर्खर लागु भएको सबै ठाउँमा यस्तै भएको छ । केन्यामा त संघीय शासन प्रणाली लागु हुनै १५ बर्ष लागेको हो । हाम्रो त कमसेकम छ बर्षमा संविधान बन्यो, संविधान बनेको पहिलो बर्षमै कार्यान्वयन गर्दैछौं ।’ जटिलता आयो भन्दैमा संघीय सरकारको बिरोध गर्न नहुनेतर्फ उनले औल्याए ।

    ‘केन्द्र सरकारले मात्रै चलाएको बेला मुलुकमा दुर्भाग्यबाहेक सौभाग्य आउन सकेन त्यसैले मुलुकको विकासका लागि एक मात्र उत्तम विकल्प संघीयता नै हो, भलै एउटा सरकारको ठाउँमा सातसय सरकार बनाएर सोचेभन्दा धेरै टुक्रामा टुक्रिएको छ’, उनले भने, ‘पहिले पहिले नेपालको खेतीपाती मनसुनमा भरपर्छ, शासन प्रणाली भनसुनमा भरपर्छ भन्नुपथ्र्यो त्यसैले संघीयता कार्यान्वयनमा सबै एकजुट भएर लाग्नु पर्छ ।’

    मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको सबै गाउँपालिकाको केन्द्रलाई सडकसञ्जालले जोड्ने बताए । ‘हाम्रो प्रदेशमा गोरखाको चुमनुब्री र मनाङको नारफु बाहेक सबै गाउँपालिका सडक सञ्जालले जोडिएका छन्’, उनले भने, ‘अबको तीनबर्षभित्र प्रदेशको राजधानीबाट सबै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जालले जोडिनेछ ।

    गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गरिनेछ ।’ गाउँपालिकाले पैसा हाले पनि नहाले पनि प्रदेशको बजेटले सडक पिच गर्ने र एकहजार जना अट्ने सभा हल निर्माण गर्ने उनले घोषणा गरे ।

    गाउँसभाको घोषणासभामा भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेत र कृषि मन्त्री लेखबहादुर थापाको समेत सहभागिता रहेको थियो ।

    daraudi

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.