• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ८ लाखको उपकरण सहयोग

  •      /२ श्रावण २०७५, बुधबार १२:४० ,  प्रकाशीत
  • नरहरि पौड्याल

    पोखरा । नवजात शिशुहरुको उपचारमा प्रयोग हुने ८ लाख रुपैयाँ बराबरको उपकरणहरु लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) लाई प्रदान गरेको छ ।

    इटालीस्थित गैरसरकारी संस्थाहरु एएनटी, एमटीटीएस र डे वान हेल्थले करिब आठ लाख रुपैंयाँ बराबरका विभिन्न थरिका उपकरणहरु क्लब मार्फत अस्पताललाई प्रदान गरेको हो।

    नवजात शिशुको उपचारमा प्रयोग हुने फायर फ्लाइट फोटोथेरापी, आई प्याच, डल्फिन सिप्याप, अल्तिामा हेन सेनिट्राइजर, रिमोट कन्ट्रोल डेलिभरी बेड लगायतका उपकरणहरु लायन्स क्लब ईनटरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका गभर्नर अशोक श्रेष्ठले अस्पतालका निर्देशक अजुर्न आचार्यलाई बुधवार हस्तान्तरण गरेका हुन् ।

    क्लबका सदस्य नरेन्द्र श्रेष्ठको संयोजन र लायन्स इन्टनेसनल डिस्ट्रिक्ट ३२५ बी १ को सहकार्यमा क्लबले यी उपकरण नेपाल भित्राउन सफल भएको हो । उपकरणको प्रयोगले नवजात शिशुको उपचारमा सहजता आउने र जण्डिस लगायत रोगको संक्रमणबाट बचाउने अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।

    ‘यस्ता अत्याधुनिक उपकरण अस्पतालले पाएको छ,यसबाट गम्भिर प्रकृतिको विरामी बच्चाको उपचार गर्न सहज हुनेछ’ डा आचार्यले भने। ‘उपकरणको भरपुर उपयोग गरी नवजात शिशुको जीवन बचाउन अस्पतालले कुनै कसर बाँकी राख्ने छैन।’

    प्रतिष्ठानको वाल रोग युनिटका प्रमुख तथा बालरोग बिषेशज्ञ रामचन्द्र बास्तोलाले क्लवले यसअघि करिब २८ लाख रुपैयाँको लागतमा दिएका अत्या धुनिक उपकरणको प्रयोगबाट एक बर्षको अवधिमा १ सय ३८ जना गम्भिर प्रकृतिको रोग लागेका बच्चाले नयाँ जीवन पाएको बताए।

    ‘क्लवले दिएको अत्याधुनिक उपकरणबाटै यस अस्पतालमा एनआइसिसियु युनिटको स्थापना गरेका थिया’ै उनले भने। ‘पछि क्रमश सरकारले पनि सहयोग ग¥यो।’ डाक्टर बास्तोलाका अनुसार यस एमटिटिएस कम्पनीको आधुनिक उपकरण कै कारण अस्पतामा जन्मिएको ५.५८ ग्राम ग्रम तौलको बच्चालाई समेत बचाउन सकिएको जिकिर गरे।

    उपकरण प्रयोग गर्न सिकाउन इलाटीबाटै प्राविधिक टोली छिट्टै अस्पताल आउने लायन्स क्लब न्यूरोड चौतारीका अध्यक्ष धुर्व प्रसाद रेग्मीले बताए। सो अवसरमा लायन्स इन्टनेसनल डिस्ट्रिक्ट ३२५ बी १ का गभर्नर अशोक श्रेष्ठ ,पूर्व गभर्नर धुर्व बहादुर थापा, सेकेन्ड भाइस गभर्नर मन बहादुर रोका, डिपार्टमेन चिफ राजेन्द्र बाटाजु, चिफ एडभाइजर धुर्व श्रेष्ठले यस अस्पतालमा विभिन्न क्लव र डिष्ट्रिक लेभलबाट समेत विभिन्न युनिटहरुमा सहयोग गर्दै आएको बताए।

    गतबर्ष लायन्स डिष्ट्रिकको अग्रसरतामा प्रतिष्ठानमा १ करोड ५० लाखको लागतमा अत्याधुनिक कार्डियाक् युनिट स्थापना गरिएको उनीहरुको भनाई थियो। लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले करिब तीन बर्ष पहिले पहिलो पटक यस अस्पतालमा भेतनाम स्थित रहेको एमटिटिएस कम्पनीको सहयोगमा करिब २८ लाखको लागतको एनआइसिसियु कक्ष स्थिापना गरेको थियो।

    यस बर्ष कम्पनीले लायन्सको संयोजनमा नेपालका पोखरा,बाग्लुङ,बुटवल,भक्तपुर लगायतका ६ स्थानका अस्पतालहरुमा १ करोड २८ लाख रुपैयाँको उपकरणहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

    त्यस मध्ये पोखरा, बुटवल, बाग्लुङ र भक्तपुरमा हस्तान्तरण गरिसकिएको एमटिटिएस कम्पनीका नेपाल डाइरेक्टर कुशल थापाले बताए। स्थानीय लायन्स क्लवहरुको संयोजनमा ति स्थानहरुमा अस्पताललाई उपकरण प्रदान गरिएको उनले बताए। ख

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.