डा. केसीलाई जुम्लाबाट सुर्खेत हुँदै टिचिङ अस्पतालमा
/३ श्रावण २०७५, बिहीबार १४:४८ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।२० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. गोविन्द केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट आज काठमाडौँ ल्याइएको छ। डा. केसीले सुरुमा काठमाडौँ जान नमानेका भए पनि सरकारले अस्पताल हातामै बल प्रयोग गरेपछि जान तयार भएका थिए।
उनीसहितको हेलिकप्टर सुरुमा सुर्खेत ल्यान्ड गरेको थियो। त्यहाँ इन्धन भरेपछि हेलिकप्टर सीधै काठमाडौँको टुँडिखेलमा अवतरण गरेको थियो। गृह सचिव प्रेमकुमार राईले डाक्टर केसीको उपचार वीर अस्पतालमा गर्ने बताए पनि उनकै इच्छा अनुसार शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताए।
शिक्षण अस्पतालको इएनटी वार्डमा डा.केसीलाई राखिएको छ।

Related