कम्युनिष्ट अधिनायकवाद सुरु भयो भन्दै काँग्रेस सभापति देउवाद्धारा राजपा र नयाँशक्ति संग हारगुहार
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा । कम्युनिष्ट पार्टी बीचको एकिकरणपछि अत्तालिएको काँग्रसले फेरी मुलुकमा आर्को प्रोपागाण्डा फैलाउन थालेकोछ।
पार्टी सभापति शेरबहादुर देउवाको असफल नेतृत्वका कारण स्थानीय र संसदिय निर्वानमा लज्जास्पद हार ब्योहोरेको काँग्रेसले फेरि एकपछि अर्को प्रोपोगाण्डा फैलाउन थालेको हो ।। नेपालको प्रजातान्त्रीक आन्दोलमा अग्रणी भुमीका निर्वाह गरेर जनताको आस्थाको केन्द्र बनेको काँग्रस अहिले असफल नेतृत्वकै कारण ओरालो लागेकोछ।
आफ्ना कमिकमजारीलाई सुधार्न तर्फ नलागि देउवाले बिहिवार काठमाण्डौंको एक कार्यक्रमा कम्युनिष्ट अधिनायकबाद सुरु भई सकेको भन्दै राजपा र नयाँशक्ति संग हारगुहार गरेका छन्। कांग्रेसले संसदमा रहेका लोकतान्त्रिक शक्तिहरुलाई मिलाएर ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन प्रस्ताव गरेको हो ।
छलफलमा कांग्रेस सभापति देउवाले अधिनायकवाद आइसकेकोले अब गठबन्धन बनाएर अगाडि बढ्नु पर्ने प्रस्ताव राखेका थिए। देउवाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलगायतका विषयहरुमा समान धारणा बनाउन पनि आग्रह गरे।
छलफलमा सहभागी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने अहिले कुनै निर्णय दिन नसक्ने धारणा राखेका थिए। राजपाका तर्फबाट नेता राजेन्द्र महतोले पार्टीमा छलफल गरी निर्णय दिने बताएका थिए।
राजपाका अर्का नेता राजकिशोर यादवले भने,‘कांग्रेसको प्रस्तावमाथि हामीले छलफल गर्दैछौं। छलफल पछि हामीले गठबन्धन अथवा अहिलेको विषयहरुमा धारणा बनाउने छौं।’ छलफलमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पनि सहभागी थिए।
Related