• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पश्चिामाञ्चल इञ्जिनियरिङ क्याम्पसमा टेक्निकल फेस्टिवल सुरु

  •      /४ श्रावण २०७५, शुक्रबार १३:३३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखरामा आयोजित राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवलको संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका छन् ।

    ‘डाइरेक्ट यो भिजन’ भन्ने नाराकासाथ आयोजित फेस्टिवलको उदघाटन गर्दै पर्यटनमन्त्री अधिकारीले प्राविधिक शिक्षाको विकासले मुलुक समृद्ध बताए। ‘दक्ष इञ्जिनियर नै राष्ट्र निर्माणको आधार हुन्’ उनले भने। ‘ईञ्जिनियरले नै नयाँ नेपाल निर्माणको थालनी गर्नु पर्छ।’

    स्वतन्त्र विद्यार्थी युनियन, पश्चिमाञ्चल क्याम्पसको आयोजनामा भएको सो फेस्टिवलमा मन्त्री अधिकारीले मुलुकभरका विद्यार्थीको सिर्जनालाई एकै थलोमा प्रदर्शन हुनु अन्त्यन्त सकारात्मक भएको बताए। उनले आफूले सिकेका ज्ञानलाई प्रयोग गरी अरुमाझ प्रस्तुत गर्ने यस्तो मौका युनियनले प्रदान गरेकोमा यसप्रति आभार समेत प्रकट गरे ।

    उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय, ईञ्जिनियरिङ अध्ययन संस्थान डिन त्रिरत्न बज्राचार्य, फेस्टिवलका मुख्य प्रायोजक न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिका निर्देशक लक्ष्मीप्रसाद सुवेदी, स्ववियू सभापति इन्द्र पौडेल, उपसभापति कुन्दनकुमार महतो, सचिव विजय झा लगायतले बोलेका थिए ।

    ‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यवहारिक ईञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिवल’ नाराका साथ आयोजित फेस्टिवलमा मुलुकभरबाट करिव दुई दर्जन इन्जिनियरिङ क्याम्पसका विद्यार्थी सहभागी भएका छन्।

    तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, यूनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्था लगायत करिव ८० बढी भन्दा बढि संघ संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

    महोत्सवमा विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रविधिका सामाग्रीहरु प्रदर्शनमा राखिएको स्ववियू सभापति इन्द्र पौडेलले बताए । फेस्टिवल अवधिभर करिव २० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको संयोजक किरण तिवारीले बताए । फेस्टिवलमा देश भरीका उत्कृष्ट ईञ्जिनियरिङ कलेजहरुबाट समेत सहभागिता रहेको छ ।

    फेस्टिवलमा पाँच सय भन्दा बढी स्टल राखिएको छ। गत वर्ष आयोजित एक्स्पोमा दश हजार भन्दा बढीले अवलोकन गरेका थिए । यसपटक २० हजार भन्दा बढीले अवलोकन गर्ने गरि प्रचार प्रसार र ब्यवस्थापन गरिएको सदस्य अनिल गौतमले जानकारी दिए ।

    महोत्सवमा बिज्ञान तथा प्रविधिको साथै मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल कम्पिटिसन जस्ता कार्यक्रम समेत सञ्चालन गरिने छन। महोत्सव तीन दिन सम्म चल्ने छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.