तनहुँको बन्दीपुर केवलकार शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुदै
/५ श्रावण २०७५, शनिबार ०४:०६ , प्रकाशीत
शुभेच्छा न्यूज
तनहुँ । बन्दीपुर केवलकारको शिलान्यास गरिएको छ । ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले शिलान्यास गरेका छन् ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले प्रदेशको आर्थिक समृद्धिका लागि जलविधुत पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्।
प्रदेशलाई आर्थिक समृद्ध बनाउनका लागि नीजि क्षेत्रले लगानी गर्न चाहेमा प्रदेश सरकारले स्वागत गर्ने उनले बताए। ‘प्रदेश सरकारको समृद्धिको लागि हामी नीजि क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढछौँ,’ उनले भने, ‘आर्थिक समृद्ध प्रदेश निर्माणमा सबै क्षेत्रको सहयोगको आवश्यकता पर्छ। लगानी गर्न पछि हट्नु हुन्न।’ ‘बन्दीपुरमा केवलकार निर्माणले यस क्षेत्रको आम्दानी एवं रोजगारी बढ्नेछ,’ मुख्यमन्त्री गुरुङले भने, ‘नीजि क्षेत्रको लगानीले स्थानीयलाई फाइदा पुग्छ। त्यसैले कन्जुस्याइँ नगर्नुहोस्।’
बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न केवलकारले महत्वपूर्ण भूमिका खेल्नेमा मुख्यमन्त्री गुरुङको जोड थियो। गुरुङले गण्डकी प्रदेश पर्यटन र जलविद्युतको प्रचुर सम्भावना बोकेको भन्दै बन्दीपुर ‘पर्यटकीय हव’ बनाउन प्रदेश सरकारको सहयोग रहने बताए। गण्डकी प्रदेशले पाँच jर्षभित्र जलस्रोतमा ३ हजार मेगावाट विधुत उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ थियोे।
जलविद्युतको विकासले कयौँ युवालाई रोजगारीको अवसर सिर्जना हुने समेत गुरुङले बताए। ‘ नेपालमा दुई तिहाई जनता कृषि क्षेत्रमा संग्लन भएकोले यसलाई व्यावसायिक बनाउन आवश्यक छ। किनेर खाने प्रवृति हटाउनुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘खाद्यान्नमा आधुनिक प्रविधिको प्रयोग गरेर आत्मनिर्भर बनाउनेतर्फ सबै जुट्नुपर्छ।’
गण्डकी प्रदेश धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचुर सम्भावना भएकोले होम स्टेको माग बढेको तर पूर्वाधारको विकास हुन सकेको छैन। त्यसको लागि पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उनले बताए। परिवारको आम्दानी बढाउन होम स्टे र ग्रामीण पर्यटनले सहयोग गर्ने भएकाले त्यसतर्फ स्थानीय एकजुट हुनुपर्ने उनले बताए ।
५६ करोडको लागतमा निर्माण गरिने केबलकार १५ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । केबलकार निर्माणका लागि लाग्ने कुल रकममा रु ११ करोड २० लाख बन्दीपुरेका लागि शेयर खुला गरिएको बताइएको छ ।

Related