प्रदर्शनकारीद्वारा बानेश्वरमा गण्डकी प्रद्येशकी सामाजिक बिकास मन्त्री नरदेवी पुन चढेको गाडी तोडफोड
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज
पोखरा ।डा. गोविन्द केसी समर्थनमा प्रदर्शन गरेका प्रदर्शनकारीहरुले सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरु आफ्नो मन्त्रालयले गर्ने कामको बारेमा छलफल गर्न बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा जम्मा भएको बेलामा उनीहरुको गाडीमा तोडफोड गरेका हुन् ।
बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्डमा जम्मा भएका प्रदेशका मन्त्रीहरुको पार्किङमा राखेको गाडीमा तोडफोड भएको हो । प्रदेश २, ३ र ४ का सामाजिक विकास मन्त्रीहरुको गाडीमा तोडफोड भएको हो । साथै, प्रदर्शनकारीहरुले इन्द्रेणी फुडल्यान्डको भवनमा पनि तोडफोड गरेका छन् । होटलको केही सिसाहरु तोडफोड भएको छ ।
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ ३७६३ नम्बरको गाडी, प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ र गण्डकी प्रदेश का सामाजिक बिकासमन्त्री नरदेवी पुनको ग १ झ २७६ नम्बरको गाडीमा तोडफोड भएको हो ।
इन्द्रणी फुडल्यान्डमा रोकेर राखिएको उक्त गाडीमा माइतिघरमण्डलाबाट आएका तरुण दलका कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले रोकेर राखिएको गाडीमा गरिएको यो कार्य निन्दनीय भएको बताएका छन् ।
यसअघि प्रहरी र तरुण दलका कार्यकताको पनि झडप भएको थियो । त्यस्तै, बानेश्वर बाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा पूर्वप्रधानन्यायाधीस सुशिला कार्की लगायतले सम्बोधन गरेका थिए ।
Related