रणभूमिमा परिणत भयो वानेश्वर, भिडन्त पछि लगातार अश्रुग्यास प्रहार
/५ श्रावण २०७५, शनिबार ०८:४९ , प्रकाशीत
शुभेच्छा न्यूज पोखरा । डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघ सहितको तरुण दल र सुरक्षाकर्मीबीच झडप भएको छ। नेपाल विद्यार्थी संघको अगुवाईमा भएको र्यालीले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भएको हो।
प्रहरीले बारम्वार निषेधित क्षेत्र भित्र नाराजुलुश नगर्न गरेको आग्रहलाई बेवास्तागरी अगाडि बढेपछि झडप सुरु भएको थियो।अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ। वानेश्वरको अवस्था तनावपूर्ण रहेको छ।
घटनामा परी पत्रकार अजयबाबु सिवाकोटीसहित तरूण दलका अध्यक्ष जीतजंग बस्नेतसमेत छन्। आन्दोलनको अर्कोतर्फ नागरिक समाजका नेता र विभिन्न दलका नेताहरु सम्मिलित सभा कार्यक्रम केही क्षण विथोलियो। भिडन्तमा परी केही प्रहरीका अधिकृत समेत घाइते भएका छन्।
शुभेच्छा न्यूज
पोखरा । डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघ सहितको तरुण दल र सुरक्षाकर्मीबीच झडप भएको छ। नेपाल विद्यार्थी संघको अगुवाईमा भएको र्यालीले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भएको हो।
प्रहरीले बारम्वार निषेधित क्षेत्र भित्र नाराजुलुश नगर्न गरेको आग्रहलाई बेवास्तागरी अगाडि बढेपछि झडप सुरु भएको थियो।अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ। वानेश्वरको अवस्था तनावपूर्ण रहेको छ।
घटनामा परी पत्रकार अजयबाबु सिवाकोटीसहित तरूण दलका अध्यक्ष जीतजंग बस्नेतसमेत छन्। आन्दोलनको अर्कोतर्फ नागरिक समाजका नेता र विभिन्न दलका नेताहरु सम्मिलित सभा कार्यक्रम केही क्षण विथोलियो। भिडन्तमा परी केही प्रहरीका अधिकृत समेत घाइते भएका छन्।
pic pahilopost
Related