• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डा. केसी आफ्नै जिद्धीले सकिन्छन् : प्रदेश मन्त्री गुरुङ

  •      /५ श्रावण २०७५, शनिबार १४:५५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अनसनरत डा. गोविन्द केसीको बाटोमा हिँड्न नसकिने बताएका छन् । उनले डा. केसीको जिद्धी पाराले राम्रो नहुने भन्दै उनको बाटो सकिने बाटो भएको टिप्पणी गरे ।

    डा. केसीको काम डाक्टरले गर्ने काम होईन । उनको जिद्धि पाराको पछि लाग्न सकिदैंन ।’ इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा सञ्चालित टेक्निकल फेस्टिवलको समापन समारोहमा प्रमुख अतिथि रहेका गुरुङले भने – ‘उनको बाटोमा हिँडे हामी सकिन्छौं ।’ सबैले आफ्नो जिम्मेवारी, कर्तव्य के हो ? त्यो गर्न उनले अनुरोध पनि गरे ।

    मन्त्री गुरुङले गण्डकी प्रदेशलाई बन्द हड्ताल मुक्त प्रदेश बनाउनुपर्नेमा पनि जोड दिए । यो प्रदेशलाई समृद्ध प्रदेश बनाउन सबै जना लाग्नुपर्ने उनको भनाई थियो । विद्यार्थीहरुलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अब विद्यार्थीहरु झण्डा बोकेरमा सडकमा नारा लगाउँदै टायर बाल्ने होइन, यस्तै ज्ञानवद्र्धक अभियान अघि बढाउन आग्रह गरे ।

    सरकार र नेतालाई मात्र गाली गरेर मुलुक नबन्ने र छोरो क्याम्पस भर्ना हुनेबेलासम्म विद्यार्थी भन्दै भाषण गरेर काम नहुने उनको भनाई थियो ।

    प्रदेश सांसद विन्दुकुमार थापाले टीम वर्ककै कारण विद्यार्थीले यति ठूलो कार्यक्रम आयोजना गर्न सफल रहेकाले सबै मिलेर अघि बढ्न आग्रह गरे । उनले अब प्रदेशले पाँच समृद्धिको आधारहरु पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासलाई जोड दिएर अघि बढ्ने जनाउँदै पोखरालाई शिक्षासँगै स्वास्थ्य र खेलकुदको हब बनाउन लागिपर्ने बताए ।

    क्याम्पस प्रमुख रामप्रसाद पौडेलले क्याम्पसको भौतिक पूर्वाधार दयनीय रहेको बताउँदै आफू नेताहरुसँग माग्दा माग्दा हैरान भइसकेको बताए । उनले प्राविधिक विश्वविद्यालयका रुपमा क्याम्पसलाई अघि बढाउन पनि सरकारसँग आग्रह गरे । अनेरास्ववियू केन्द्रिय उपाध्यक्ष सुनिता बरालले सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिन ईञ्जिनियरिङ विद्यार्थीहरुको योगदान अमूल्य रहेको बताईन् ।

    आयोजक स्वतन्त्र विद्यार्थी युनियनका सभापति इन्द्र पौडेलले वार्षिक ४ हजार ईञ्जिनियर उत्पादन हुने मुलुकमा रोजगारीको अवसर नहुँदा दक्ष जनशक्ति बाध्य भएर विदेश पलायन भएको बताए । उनले प्रदेश सरकारले भएपनि उचित ईञ्जिनियरिङ शिक्षा नीति ल्याएर यहाँको पढाईलाई गुणस्तरीय बनाउन आग्रह गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.