• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विराटनगरका उपभोक्ताको घर–घरमा पाइपलाइनबाट ग्याँस

  •      /६ श्रावण २०७५, आईतवार ०३:१८ ,  प्रकाशीत
  • रोशनी भट्टराई

    विराटनगर । विराटनगर महानगरपालिकाका उपभोक्ताको घर–घरमा पाइपलाइनबाट ग्याँस वितरण गरिने भएको छ । महानगरपालिकाको वडा नं. १४ का उपभोक्ताको घर–घरमा ग्याँस पुर्‍याउनका लागि अहिले पाइप विछ्याउने काम भइरहेको छ ।

    श्रीकृष्ण गौशालामा गाईको गोबरबाट ३ सय घन मिटर वायोग्याँस उत्पादनका लागि प्लाण्ट जडान गर्नेलगायतका प्राविधिक काम सम्पन्न भइसकेको र केही दिनपछि नै यस वडाका उपभोक्ताले पाइपलाइनबाट आएको ग्याँस प्रयोग गर्न पाउने विराटनगर–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनले जानकारी दिएको छ ।

    उक्त गौशाला परिसरमा डोम स्थापना गर्ने काम पनि सम्पन्न भइसकेको छ । उक्त डोममा ग्याँस भण्डारण गरी पाइपलाइनबाट उपभोक्ताको घर–घरमा पुर्‍याइने छ । डेढवर्ष अघि शुुरु गरिएको सो प्लाण्टबाट पहिलो चरणमा ३२ घरमा र त्यसपछि एकसय घरमा ग्याँस पुुर्‍याउने लक्ष्य रहेको सो कार्यमा खटिएका उर्जा, वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले बताए ।

    प्राविधिक काम सम्पन्न भइसकेको र पाइपलाइन बिछ्याउने काम पनि यसै साता पूरा हुुने उनको भनाइ छ । उनले भने, ‘सबै काम सकिएकाले अब पाइलाइन बिस्तारपछि ग्याँस उत्पादन प्रक्रिया शुरु हुनेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै गरीे पाइपलाइनबाट घर–घरमा ग्याँस पुुर्‍याउने काम अन्तिम चरणमा पुुगेको बताए ।

    विश्व बैङ्कको ८० प्रतिशत र विराटनगर महानगरपालिका तथा गौशालाको २० प्रतिशत लगानीमा उक्त बायोग्याँस प्लाण्ट सञ्चालन गर्न लागिएको उर्जा अधिकृत सिंहले जानकारी दिए ।

    पाइपलाइनबाट ग्याँस आउने भएपछि विराटनगरका उपभोक्ता समेत उत्साहित छन् । विराटनगर–१४ का उपभोक्ता रिना मिश्राले गाईको गोबरबाट उत्पादन हुुने ग्याँसमा खाना पकाउँदा स्वास्थ्यका लागि उपयुुक्त हुुने र सिलिण्डर फेरिरहने भण्झटबाट समेत मुक्ति मिल्ने बताइन् । गौशालाका गौ सेवक मोहितचन्द्र यादवले गौशालामा रहेका २ सय ५ ओटा गाईबाट दैनिक २ हजार केजी गोबर उत्पादन हुँदै आएको जानकारी दिए ।

    ८४ लाख रुपैयाँको बजेटमा सञ्चालनमा ल्याउन लागिएको यो प्रविधि सफल भएपछि अन्य स्थानमा समेत पाइपलाइनबाटै ग्याँस वितरण गरिने बताइएको छ । यहाँ उत्पादन हुने बायोग्याँस एलपी ग्याँसको मूल्यभन्दा केहि कम हुनेछ ।पाइपबाट ग्याँस वितरण कार्यक्रमकोे उद्घाटन प्रधानमन्त्री ओलीबाट गराउने तयारी गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.